नेपाल स्टक एक्सचेन्ज नेप्सेमा कारोबार सुरु भएको पहिलो दिन नै नेपाल इन्फ्रास्ट्रकचर बैंक ‘निफ्रा’ को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

नियमित कारोबार सुरु भएको १ मिनेटमै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ ।

बैंकको NIFRA सिम्बलबाट कारोबार सुरु भएको हो । बैंकको पहिलो कारोबार ३४० को मूल्यमा भएको थियो ।

प्रिओपन सेसनमा बैंकको ७ हजार ३ सय ८० कित्ता शेयर कारोबार भएको थियो । ११ बजे नियमित कारोबार सुरु भएकोमा ११ बजेर १ मिनेटमै कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर ३७४ को बिन्दुमा पुगेको छ ।

गत बिहीबार बैंकको २० करोड कित्ता शेयर सुचिकृत भएको थियो । नेप्सेले पहिलो कारोबारको लागि ११३.६२ देखि ३४०.८६ रुपैयाँसम्मको रेन्ज तोकेकोमा उच्च बिन्दुबाट कारोबार सुरु भएको हो ।

नेप्सेले कम्पनीको नेटवर्थको ३ गुणासम्मको रेन्ज तोकेको छ । बैंकको आरटिएस ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here