-रामप्रसाद रिजाल

नेकपा प्रचण्ड-नेपाल पक्षले करिब ५ लाख मानिस उतारेर शक्ति प्रदर्शन गरेकाे छ । त्यसबाट आत्तिएर ओली सरकारले नेकपाकी क्रान्तिकारी नेतृ रामकुमारी झाक्रीलाई केही घण्टा गिरफ्तार गरेको छ ।

एक जना क्रान्तिकारी नेतालाई समात्दैमा क्रान्ति रोकिदैन । अब हजारौं रामकुमारीहरु जन्मन्छन् । ओली सरकारको यो तानशाही कदमले संकेत गर्छ कि ओलीविरुद्धको आन्दोलन उत्कर्षमा पुगिसक्यो अब । ओली पतन भइसके ।

हिम्मत भए ओली सरकारलाई मलाई पनि गिरफ्तार गर्नु चुनौती दिन्छु । मैले पनि विभिन्न संचारमाध्यममा केपी ओली र विद्या भण्डारीको असंवैधानिक प्रतिगामी कदम विरुद्ध बोलिरहेको छु ।

ओलीको दिन-प्रतिदिन दिन संविधान र कानुनको बर्खिलाप गर्दै अलोकतान्त्रिक कदम चालिरहेकोले ओलीराजको अन्त नजिकै आइसक्यो ।

फरक विचार राखेकै भरमा ओली र विद्याकाे निरंकुश कदमको प्रतिकार गरेको भरमा नेकपाकी केन्द्रीय सदस्य समेत रहेकी झाक्रीलाई गिरफ्तार गर्नुले ओलीराजमा लोकतन्त्र समाप्त भएको देखिन्छ । त्यसैले संघीय लोकतान्त्रिक व्यवस्था जोगाउन गणतान्त्रिक पार्टी र शक्तिहरु एकै ठाउँमा उभिएर संयुक्त तेस्रो जनआन्दोलनमार्फत ओलीजस्ता तानशाही जोक्कर प्रधानमन्त्रीलाई घिसारेर नांगेझार बनाएर सडकमा ल्याउनै पर्दछ ।

प्रचण्ड नेपाल पक्षमा देखिएको विशाल जनलहर र ओली गुट बाहेक मुलुकका सबै शक्तिहरु ओलीको असंवैधानिक कदमको विरूद्धमा सडमा आइसकेको र विश्व समुदायले पनि ओलीको प्रतिगामी कदमको साथ नदिने भएपछि ओली मानसिक विचलनमा छन् । ओलीको गतिविधिले बताउँछ उनले मानसिक सन्तुलन गुमाइसके ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पदीय आचारण ननिभाई प्रधानमन्त्री केपी ओलीको कारिन्दाको रुपमा बढ्दा ओलीले असंवैधानिक रुपमा संसद विघटन गर्न पुगेका हुन् । प्रधानमन्त्री ओलीको हरेक गलत कदमलाई सच्चयाउनुको सट्टा प्रोत्साहित गर्दै ओलीको हरेक असंवैधानिक कदमहरूलाई भण्डारीले ओलीले पठाएको निर्णयको कलमको मसी नसुक्दै कार्यान्वयन गर्दा अहिलेको विषम परिस्थिति आएको पार्टीको बैठकमा रित पुर्याएर नेकपाले ओलीलाई कारवाही गरिसकेको र बहुमत केन्द्रीय सदस्यहरुको हस्ताक्षर सहित पार्टीको विधि र राजनीतिक दल ऐन अनुसार प्रचण्ड नेपाल पक्षले निर्वाचन आयोगमा आधाकारिकताको लागि निवेदन दिएकोले अब आयोगले मुलुकको कानुन र विधि अनुसार निर्णय गर्दा प्रचण्ड माधव पक्षले आधिकारिता पाउने निश्चित भइसकेको ओलीको प्रतिगामी असंवैधानिक कदम को चोतर्फी विरोध र अदालतमा पनि सरकारका महान्यायधिवक्ता अग्नि खरेलको फिक्तलो बहस र खरेलले न्यायाधीशहरुसँग संसद विघटनको विषयमा नमिल्दो दिएको जवाफले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक नै भएको पुष्टि सँगसगै सर्वोच्च अदालतले ओलीको कदमलाई खारेज गरेर संसद पुनर्स्थापना हुने निश्चित संगै ओली झोला बोकेर वालुवाटार बांट बालकोट जाने र ओलीकी निजी सचिव भण्डारी पनि ओलीसँगै शितल निवास छोडेर जाने छिन् ।

रिजाल नेकपाका केन्द्रीय संघर्ष समिति सदस्य हुन् ।

 

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here