नेपाल आयल निगमले पेट्रोलियम पदार्थकाे मूल्य वृद्धि गरेको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँ बढाएर १ हजार चार सय पुर्याएको छ ।

निगमले विज्ञप्ती जारी गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ बढाएको जनाएको छ । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँ, डिजेल र मट्टितेलको प्रतिलिटर ९५ रुपैयाँ कायम गरिएको छ ।

भारतीय आयल निगमले मूल्य वृद्धिपछि नेपाल आयल निगमले पनि मूल्य बढाएकाे हाे । निगमले हवाई इन्धनको मूल्य भने यथावत राखेको छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here