पूर्वीय संस्कार, संकृति र समाजमा हुर्के बढेका हामी नेपालीलाई कतिपय पश्चिमी संस्कार, परम्परा र सोच विपरीत जस्ताे लाग्छ । खासगरी अमेरिका र नेपालका संस्कारहरू हेराै भने ठिक उल्टाे देखिन्छ । तल केही बुँदामा ती कुरा उल्लेख गरिएकाे छ ।

१. अमेरिकनहरु भोलि भोकै हुन किन नपरोस् आज टन्न खान्छन् । हामी नेपालीको संस्कार भोलि भोकै हुनुपर्ला भन्ने चिन्ताले वा धार्मिक मान्यता बनाई आज भोकै बस्छौ ।

२. अमेरिकन खुल्ला ठाउँमा खाना खान्छन् अनि गोप्य ठाउँमा दिशा गर्छन् । नेपाली गोप्य भान्सा कोठामा खाना खान्छौ अनि खुल्ला चौर, बनपाखामा दिशा गर्छौ ।

३. अमेरिकन पहिले घर किनेर त्यसैमा बसी क्रेडिटमा किनेको घरको पैसा जिन्दगीभर तिर्दै जान्छन् । नेपाली जिन्दगीभर भाडामा बसी बचाएको कमाएको पैसाले बुढेसकालमा घर किनेर, बनाएर छोराछोरीलाई छोडी मर्छौ ।

४. अमेरिकन दुध चिसो पिउँछन् पानी आइस राखेर पिउँछन् । हामी दुध तताएर पानी उमालेर पिउँछौ ।

५. अमेरिकनहरु अलि बढी पैसा बचत भए दिमाग फ्रेस बनाउन मनोरञ्जनमा खर्च गर्छन् । हामी नेपाली केही बढी पैसा बचत भए अर्को धेरै पैसा चाहिने ब्यावहार आटेर बोझ (टेन्सन) बढाउँछौ ।

६. अमेरिकन महिला बच्चा अगाडि भागमा छातीमा टासेर बोक्छन् हामी पछाडि पिठ्यूमा बोक्छौ ।

७. अमेरिकन हातले फ्याकेर खेल्नेलाई फुटबल भन्छन् हामी खुट्टाले फ्याकेर खेल्नेलाई फुटबल भन्छौ ।

८. अमेरिकन गरिवहरु मोटा हुन्छन्, खासगरी जंकफुड र सस्ता खाना खाएर । अनि धनीहरु स्वस्थ्य खाना र ब्यायमले स्लीम (पातला) हुन्छन् । हामीकहाँ गरिवहरु खान नपाएर बढी परिश्रमले पातला हुन्छन्, धनी धेरै खाएर मोटा हुन्छन् ।

९. अमेरिकन आफ्नो प्रेमिकालाई प्रेम गरेर बिबाह गर्छन् । हामी बिबाह गरेर अझ बच्चा भएपछि श्रीमतीलाई प्रेम गर्छौ ।

१०. अमेरिकन प्रचलन घर, ब्यावसायिक स्टोर, रेष्टुेन्ट, कार्यलय बेलुका सफा गर्छन्, हामीकहाँ बिहान सफा गर्ने प्रचलन छ ।

११. अमेरिकनहरू मिति लेख्दा पहिले महिना अनि गते र साल लेख्छन् । हामी पहिले साल महिना र गते लेख्छौ । अक्टुबर ३० २०१७, २०७४ कात्तिक ७ ।

१२. अमेरिकन जन्मदा नै नामी हुन्छन्, हामी बेनामी । कसरी भने अमेरिकन पेटमा बच्चा भएपछि बच्चाको नाम दिन्छन् र जन्मदा सोही नामको बर्थ सर्टिफिकट बन्छ । हामीकहाँ जन्मेको ११ दिनमा पण्डित वा बाबु आमाले नाम दिएपछि नामी हुन्छौ ।

१३. अमेरिकन पुलिस पसलमा समान किन्दा, रेष्टुरेन्ट जाँदा, ट्याक्सी चढ्दा टिप्स पनि दिन्छन् । हामीकहाँ पुलिस यी ठाउँबाट हप्ता नै लिन्छन् ।

१४. अमेरिकन धनीले कर र्तिछन कम आए हुने गरिबले ट्यास फिता बाट पैसा पाउछन । नेपालमा धनिले धन र शक्तिले कर तिर्दैनन र थोरै र्तिछन् गरिब साना ब्यावसायी बढी कर तिरिरहेका हुन्छन् ।

१५. अमेरिकन चलन पैसाको नोट ठूलोमाथि पारी आसनमा सानो नोट राख्छन् । हाम्रोमा आसनमा ठूलो नोटमाथि सानो हुँदै जान्छ ।

१६. अमेरिकन प्याकेटको खाना अर्थात अर्कैले तयार गरेको खाना खान मन पराउँछन् । हामी आफैले बनाएको अझ आफूले चिनेजानेकाले बनाएको मात्र खाना खान मन पराउँछौ ।

१७. अमेरिकामा कमाइको हिसाबमा खानेकुराको तुलनामा बसाइ बस्ने ठाउँ होटल, एपार्टमेन्ट, घर, कोठा महंगो हुन्छ । नेपालमा बस्ने सस्तो होला खानेकुरा धेरै महंगाे हुन्छ ।

१८. अमेरिकामा प्रायः पुरुष महिलादेखि डराउँछन्, अनि घर व्यवहार उनैले सम्हाल्छन् । नेपालमा महिला पुरुषदेखि डराउँछन् र घर ब्यवहार पुरुष नै सम्हाल्छन् ।

१९. अमेरिकन महिला बिबाहको दिन नयाँ ठाउँ नयाँ मान्छे नयाँ परिवेसको अनुभव गर्न जाँदैछु भनी खुसी हुन्छन् । हामीकहाँ बेहुली बिबाहको दिन माइती, बाबुआमा छाडेर पराइसँग जाँदैछु ठान्दै रुन्छन् ।

२०. अमेरिकन धेरै धनी भए सुख शान्ति खोज्न गाउँ वा एकान्त तिर पस्छन् । हामीकहाँ धेरै धनी भए सुख शान्ति खोज्न सहर भिडभाडतिर जान्छन् ।

२१. अमेरिकन जोडी जो बिबाह गरेर धेरै वर्ष सँगै बसेका हुन्छन्, उनीहरुलाई देखेर अरु मान्छे अचम्मित हुन्छन् । नेपालमा बिबाह गरेर छिट्टै अलग्गिएका जोडीप्रति अचम्मित हुन्छन् ।

२२. अमेरिकन महिला घुडा साप्रा देखाएर छोटो लुगा लगाउँछन्, तर पुरुषले घुडा देखाएको त्यति राम्रो मानिदैन । नेपालमा पुरुष घुडा देखाएर छोटो कट्टु लगाउँछन्, महिलाले घुडा देखाएको राम्रो मानिदैन ।

२२. अमेरिकन नचिनेको मान्छे होस् वा रिस उठेका मान्छे नै किन नहोस् फिसिक्क हासेर बोल्छन् । हामीकहाँ नचिनेको वा रिस उठेकोसँग हास्ने बोल्ने त कुरा परै जावोस उ हिडेको बाटो समेत हिड्दैनन् ।

२३. अमेरिकन टिनएजर काटेपछि पनि कुनै केटा साथी वा केटी साथी छैन भने अभिभावक उसकाे कुनै शारीरिक कमजोरी त छैन भनी सजग हुन थाल्छन् । नेपालमा टिनेजर काटेपछि कुनै केटा साथी वा केटी साथी त छैन भनी अभिभावक नै शंकाले सजग भइरहन्छन् ।

२४. अमेरिकाको शहरी क्षेत्रमा पहिलो प्राथमिकता पैदल यात्रुलाई दिई कम गतिका सवारी हुँदै तिब्र गतिका सवारी पछाडि जान्छन् । नेपालमा पहिले तिब्र गतिको गाडीले पास गरेपछि कम गतिको सवारी हुँदै पैदल यात्रीको पालो अन्तिममा आउँछ ।

२५. अमेरिकन सुन्दर युवतीलाई नचिनेको मान्छेले पनि ओवा.. कति सेक्सी (सुन्दर) होस् भनेमा थ्यांक्यू भनी मुस्कुराउँछन् । हामीकहाँ अन्जान सुन्दरीलाई कति सुन्दर होउ भनेमा मात्र पनि चप्पल उठाएर बजाइदिन्छन् । एजेन्सी

1 COMMENT

  1. not only american ,european pani hun. ani not only nepali, indian pakistani srilanka, south east asian sabai hun .bises hindu people.

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here