फाइल फाेटाे

प्रधानमन्त्री केपी ओलीले प्रचण्ड–माधव समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको विरोध सभा सामान्य भएको बताएका छन् ।

उनले आमसभा कस्तो हुन्छ भन्ने कुरा आउँदो माघ २३ गते देखाइदिने घोषणा समेत गरेका छन् ।

शुक्रबार प्रचण्ड–माधव समूहले काठमाडौंको भृकुटीमण्डपमा बृहत विरोध सभा गरिरहेको बेला बबरमहलमा आयोजित आप्mनो कार्यकर्ताहरुको भेलामा ओलीले सो घोषणा गरेका हुन् ।

‘आमसभा कस्तो हुन्छ भन्ने कुरा २३ गते हेर्नुहोला काठमाडौंमा, म उहाँहरुलाई भन्दिन चाहन्छु,’ नेकपा ओली समूहका अध्यक्ष समेत रहेका उनले भने, ‘आमसभा कस्तो हुन्छ, आमसभा केलाई भन्छ, जनपरिचालन केलाई भन्छ भन्ने कुरा २३ गते हेर्नुहोला ।’

प्रचण्ड–माधव समूहले शुक्रबार देशभरबाट कार्यकर्ताहरु जम्मा पारेर बृहत विरोध सभा गरेको थियो । सो सभाप्रति खिसी गर्दै प्रधानमन्त्री ओलीले आपूmहरुले पनि २३ गते आमसभाको झलक देखाइदिने बताए ।

‘हामी २३ गते अलिकति झलक दिन्छौ, कास्टिङ गर्छौ, साँच्चैको जनसभा त्यसपछि आउँछ, जनप्रदर्शन त्यसपछि आउँछ,’ कार्यकर्ताहरुले ताली पिटिरहेका बेला उनले भने, ‘यो बिचमा हामी अलिक बढी नै व्यस्त भयौ । नत्र हामी उहाँहरुलाई आजकोभोलि नै देखाइदिन्थ्यौ जनसभा कस्तो हुन्छ जनपरिचालन कस्तो हुन्छ भनेर ।’

सो क्रममा उनले प्रचण्ड–माधव समूहका नेताहरुले सडकमा आठ दश हजार मान्छे देख्दा हौसिएर धाक धक्कु लगाएर भाषण गरेको बताए ।

‘रत्नपार्कतिर केही मान्छे जम्मा भए रे, हौसिएर भाषण गरेको सुनेँ । ८, १० हजार मान्छे देख्नुभएछ भुइँमा खुट्टै थिएन । ८, १० हजार मान्छे अगाडि देखेपछि उहाँहरुको धाक धक्कु सारा थिए,’ उनले भने, ‘कोही केपी ओलीलाई घुँडा टेकाइदिन्छौ भन्ने, कोही केपी ओलीजस्तो भेडासँग संगत गरेर के भो के भो आफ्नाे त ब्वासोको मति जाँदै गए । के के भनेको मैले बुझ्दै–बुझिन, यस्तै भन्दै थिए ।’

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here