नेकपा प्रचण्ड-माधव समूहले शुक्रबार काठमाडाैंमा बृहत शक्ति प्रदर्शन गरेकाे छ । संसद् पुनःस्थापनाकाे माग गर्दै आन्दोलनमा उत्रिएकाे प्रचण्ड-माधव समूहले देशभरबाट कार्यकर्ता भेला गरेर काठमाडाैंमा बृहत विराेध सभा गरेकाे छ ।

काठमाडाैंका विभिन्न स्थानबाट बिहान ११ बजेदेखि जुलुस निकालिएकाे थियाे । जुलुसकाे नेतृत्व स्थायी कमिटि सदस्यहरूले गरेका थिए ।

माइतीघर मण्डला, डिल्लीबजार, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, प्रदर्शनी मार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका, बाल्मिकी क्याम्पसलगायत स्थानबाट जुलुस निकालिएकाे थियाे ।

सबैतिरबाट आएकाे जुलुस रत्नपार्कमा जम्मा भएका थिए । साेपछि मूल जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग, भद्रकाली, सहिदगेट, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियाे ।

जुलुसमा काठमाडाैं उपत्यका र बाहिरबाट ल्याइएका हजाराै कार्यकर्ताहरूकाे सहभागिता थियाे । सभामा पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, नारायणकाजी श्रेष्ठ, घनश्याम भुसाल लगायतले सम्बाेधन गरेका थिए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here