जनता समाजवादी पार्टीले आज प्रदेश नं १ को विराटनगरमा शक्ति प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संघीय संसद्को प्रतिनिधिसभा विघटन गरेपछि सडक आन्दोलनमा उत्रिएको जसपाले विराटनगरमा संसद् विघटनविरुद्ध विरोध सभा गरेको हो ।

जसपाका नेता तथा कार्यकर्ताहरुले विराटनगरको विरेन्द्र सभागृहमा भेला भएर महेन्द्र चोकसम्म जुलुस निकालेका थिए ।

विराटनगर

जसपा जिल्ला समन्वय समिति मोरङले आयोजना गरेकाे उक्त प्रदर्शनमा जसपाका कार्यकर्ताहरुले ‘असंवैधानिक संसद् विघटन खारेज गर, संघीय सर्वोच्चता कायम गर, निरंकुश प्रधानमन्त्री मुर्दावाद, प्रतिनिधिसभा पुनःस्थापना गर’लगायतका नारा लगाएका थिए ।

विराटनगर

सभामा जसपाका संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, केन्द्रीय समितिका अध्यक्ष उपेन्द्र यादव र केन्द्रीय कार्यकारिणी समिति सदस्य लक्ष्मण लाल कर्णले सम्बोधन गरेका छन् ।

विराटनगर

जसपाले आजै भैरहवा र धनगढीमा पनि विरोध सभा आयोजना गरेको छ ।

भैरहवाकाे विराेध सभामा जसपाको केन्द्रीय समितिका अध्यक्ष महन्थ ठाकुर, नेताहरु सर्वेन्द्रनाथ शुक्ला र महेन्द्र यादवले सम्बोधन गरेका छन् ।

भैरहवा

यसैगरी धनगढीमा भएको विरोध सभामा नवराज सुवेदी, दुर्गा सोव र गोविन्द चौधरीले सम्बोधन गरेका छन् ।

भैरहवा

जसपाले संसद् विघटनविरुद्धको दोस्रो चरणको आन्दोलन अनुरुप आज विराटनगर, भैरहवा र धनगढीमा एकसाथ विरोध सभा गरेको हो ।

भैरहवा

जसपाले आगामी पुस २७ गते, २९ गते र माघ ३ गते पनि विभिन्न स्थानमा विरोध सभा गर्नेछ ।

धनगढी

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here