जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राई कोरोनामुक्त भएका छन् ।

वरिष्ठ नेता राई तिन हप्ता आइसोलेशनमा बसेपछि हालै उनी कोरोना भाइरसलाई जित्न सफल भएका हुन् । नेता राईले हिजो सामाजिक सञ्जालमा आफू कोरोनामुक्त भएको उल्लेख गरेका हुन् ।

तीन हप्तापछि कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको उनले लेखेका छन् ।

‘सम्पूर्ण मित्रहरु आजको परीक्षणमा नेगेटिभ देखियो अब आराम र तन्दुरुस्तीमा जोड दिनेछु, सबैमा आभार तथा धन्यवाद,’ फेसबुकमा उनले लेखेका छन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here