शुक्रबार नेपालमा थप ३ हजार ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ ।

पछिल्लाे २४ घण्टामा देशभरका विभिन्न प्रयाेगशालामा १४ हजार ९८९ जनाको काेराेना परीक्षण गरिएकाे थियाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ४ हजार ९६ जना काेराेना संक्रमित निकाे भएर डिस्चार्ज भएका छन् ।

यससँगै हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख २८ हजार ९५८ पुगेको छ ।

यस्तै, आज थप १६ जना संक्रमितको मुत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९२० पुगेको छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here