लिम्बु समुदायका मौलिकवाद पक्षधर तथा युमा साम्योका अगुवा अर्जुन माबुहाङले समेत हिन्दुहरुको चाड दसैं मनाएको भन्दै हाल सामाजिक सञ्जालमा माबुहाङसहित केही व्यक्तिहरुको दसैं तस्बिर भाइरल भएको छ ।

कुमार लिङदेन नेतृत्वको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्चका पान्थर जिल्लाका युवा संघका अध्यक्ष आधार घिमिरेले ‘पहिचान बुझ पचाउने स्वाठ लिम्बुहरुसँग कसको के लाग्छ र’ भन्दै लालिगुरास नगरपालिकाका मेयर समेत रहेका माबुहाङ लगायतले दसै मनाएको तस्बिर सार्वजनिक गरेका छन् ।

घिमिरेले किरात याक्थुङ चुम्लुङका सचिव चन्द्रकुमार आङदेम्बेदेखि लिम्बुवान प्रदेश समितिका सदस्य लक्ष्मण लाओती र युमा साम्योका अगुवा माबुहाङसम्मले दसैं मनाएको तस्बिर राखेका हुन् ।

जसमा उनले लिम्बु भएर आफ्नाे मौलिक पहिचानको रक्षा गर्न छोडेर दसैं मनाउँदै नक्कली बाहुन हुन खोजेको भन्दै कटाक्ष गरेका छन् ।

बाहुन समुदायको भए पनि पहिचानको राजनीतिमा प्रष्ट रुपमा प्रस्तुत हुँदै आएका घिमिरेको उक्त पोस्ट धेरै लिम्बुहरुले सेयर र कमेन्ट गरेका छन् ।

लिम्बुहरु किरात नै होइनन् भन्ने तर्क प्रस्तुत गर्दै लिम्बुहरुको मौलिकता र धर्मको खोजीमा रहेका माबुहाङले नै हिन्दुहरुको चाड दसैं मनाएको तस्बिर भाइरल भएपछि सार्वजनिकले घिमिरेसित सम्पर्क गर्दा उनले उक्त तस्बिर दसैंकै भएको बताए ।

उनले आफ्नाे एकजना साथीमार्फत उक्त तस्बिर लिएको बताए ।

यस विषयमा बुझ्नका लागि आज दिउँसो करिब सवा २ बजे मेयर माबुहाङलाई फोन गर्दा उनको फोन स्विचअफ रहेको पाइएको छ ।

1 COMMENT

  1. अर्जुनबाबु माबोहाङ को चाहि पोहोर सालको फोटो है सम्पाद्क ज्यु।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here