गायक पृथ्वी खनालको नयाँ गीत ‘मलमल कुर्तावाली’ सार्वजनिक भएको छ ।

गीतकाे स्वरमा पृथ्वीलाई मेचु धिमालले साथ दिएकी छन् । गायन रियालिटि शाे भ्वाइस अफ नेपालबाट चर्चामा आएका पृथ्वी र मेचुको संयुक्त आवाज रहेको याे पहिलाे गीत हाे ।

भ्वाइसमा पृथ्वी उत्कृष्ट १३ र मेचु उत्कृष्ट ८ सम्म पुग्न सफल भएकी थिइन् । ग्रिष्मा भट्ट र गिरिस भट्टकाे निर्माणमा बनेकाे गीतकाे शब्द लेखु सहयात्री, संगीत करण राज कार्की, एरेन्ज देवेश राई, मिक्सिङ/मास्टरिङ किशाेर थापा, रेकर्डिष्ट राजेश श्रेष्ठ, स्टुडियाे म्युजिसियन एवन, श्रृङ्गार दिपसन परियार, ड्राेन अभिनाष मानन्धर, छायांकन अनिल के मानन्धर, सम्पादन/कलर मनाेज कार्की, कथा पृथ्वी खनाल र काेरियाेग्राफी/निर्देशन माैसम हिमालीकाे रहेकाे छ ।

भिडियाेमा पृथ्वी, मेचु र सन्ताेष पाण्डेकाे अभिनय रहेकाे छ ।

 

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here