नेपाली कांग्रेसकाे केन्द्रीय समितिको बैठक कात्तिक २१ गते बाेलाइएकाे छ । बैठकमा पार्टीको आगामी १४औं महाधिवेशनको तयारीबारे छलफल हुने भएकाे छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहनेछ ।

यसअघि कांग्रेसले बोलाएको केन्द्रीय समिति बैठक केही केन्द्रीय सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि स्थगित भएकाे थियाे ।

केन्द्रीय समितिकाे बैठकअघि कात्तिक १७ गते वरिष्ठ नेता रामचन्द्र पौडेलसहितको पदाधिकारी बैठक बस्नेछ । सो बैठकमा पनि पार्टीको १४औं महाधिवेशनबारे छलफल हुनेछ ।

कांग्रेसको १४औं महाधिवेशन फागुन ७ देखि गर्ने जनाएको  छ । तर कोरोना भाइरस महामारीले क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम प्रभावित भएपछि महाधिवेशनकाे मिति सार्ने तयारी गरिएकाे छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here