लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केही समयपछि फुट्ने प्रक्षेपण गरेका छन् ।

नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबिच पुनः विवाद भएसँगै संग्रौलाले सिद्धान्त, आदर्श र मूल्यको आधारमा नभएर स्वार्थको आधारमा भएको नेकपाको एकता केही समयमा समापन हुने बताएका हुन् ।

संग्रौलाले सामाजिक सञ्जाल ट्वीटरमा नेकपाभित्रको पछिल्लो किचलोबारे उल्लेख गर्दै यस्तो बताएका हुन् ।

उनले लेखेका छन्, ‘नेकपा डबलका केपी र पीकेको एकताको आधार सिद्धान्त, आदर्श र मूल्य होइन । यो केवल अख्तियार र द्रव्ययुक्त पदहरुको लुछाचुँडीको एकता हो । यो अन्तहीन द्वेषपूर्ण चुछाचुँडीको अन्त्य तब हुन्छ जब कुनै एकले अर्कालाई दलबाटै लखेट्छ । अलि दिन बाँच्नु मात्र पर्छ, यो एकताको समापन देखिन्छ ।’

प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओलीले आफ्नाे गुटका सांसदमार्फत कर्णाली प्रदेशका मुख्यमन्त्रीमाथि अविश्वासको प्रस्ताव अघि बढाएपछि नेकपाभित्र सुरु भएको पछिल्लो किचलो चर्को रुपमा देखिएको हो ।

अध्यक्ष ओलीले दाहालको सट्टा अबको महाधिवेशनबाट पार्टीको नेतृत्व लिने गरी वरिष्ठ नेता माधव नेपाललाई अघि बढाउने तयारी गरेको समाचार समेत सार्वजनिक भएको छ ।

यसले पनि नेकपाभित्र भुइचालो जाने आधार तय भएको छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here