–निनाम कुलुङ ‘मंगले’

केही समयअघि सार्वजनिक अनलाइन न्युजपोर्टलमा आएको समाचारअनुसार आगामी १२औं राष्ट्रिय जनगणना (विसं–२०७८) मा खस जातिले जातिको महलमा ‘खस’ र धर्मको महलमा ‘मस्ट’ लेखाउने भन्ने समाचार आएको छ । जुन धेरै राम्रो हो । किनभने, यसले ढिलै भए पनि ‘खस’ जातिमा जातीय रुपमा चेतना आएको मान्न सकिन्छ भने जातिको महलमा ‘खस’ र धर्मको महलमा ‘मस्ट’ लेखाउने उनीहरुको निर्णयलाई सही कदम अर्थात् ‘सुल्टो बाटो’ हिँडेको मान्न सकिन्छ ।

तर, यता हाम्रा ‘राई’ जाति भन्ने र भनिनेहरु भने खस समुदायभन्दा ठीक ‘उल्टो बाटो हिड्ने’ प्रयास गरिरहेका छन् । यस्तो काममा उनीहरुलाई अलिकति पनि लाज लागिरहेको छैन । ग्लानी भइरहेको छैन । अझ हाम्रा ‘राई’ समूहका विद्घान भनिने र नामको अगाडि डाक्टर, प्राध्यापक, प्राज्ञ, भाषाविज्ञ, मुन्धुमविद भन्ने र भनिने कथित् विद्घानहरु नै नाकको डाँडीमा चस्मा झुन्डयाउँदै ‘अन्टसन्ट’ भाषण दिने अन्तर्वार्ता दिने, कथित् राई जातिबारे सम्झाउने, बुझाउने भई टोपल्दैछन् ।
एकजना राईले त नयाँ ‘राई’ भाषा नै बनाउनुपर्ने÷बनाउने भनी लेख लेखेका छन्, प्रस्ताव गरेका छन् ।

तर, ती ‘राई’ समूहका विद्घान भनिनेहरुले यदि राई साँच्चै नेपालको एक जाति हो भने राई को हो ?, अनि एक जाति राईको २८ वटा भाषा हुन्छ भने त्यसरी ‘म एक जाति राई हुँ, तर, मेरो २८ वटा राई भाषा छ भनेर २८ वटा राई भषामा खररर बोल्न सक्ने कुनै माईकालाल राई भेटेका छन् ? सो बारे भने केही पनि लेख्दैनन् । त्यस्तै ती ‘राई’ साथै राईवाला विद्घान भनिनेहरुले राई जाति वा समुदाय हो कि, जात वा समूह हो ? सो बारे पनि केही लेख्दैनन्, बोल्दैनन् । त्यसो भएपछि उनीहरुले कथित् राईको वंश, भूमि, इतिहास, परम्परागत कानुन, जातीय पोशाक, संस्कार, संस्कृति, रहनसहन, मूल्य–मान्यता आदिबारे त झनै के लेखून् र ? विचरा राईवाला विद्घानहरु धन्य राईवाला केही अनलाइन न्युज पोर्टलहरुले कुनै एक अनलाइनले प्रकाशित गरेको समाचार वा लेखलाई साभार गरीगरी उनीहरुको भनाइ वा लेखलाई जोडदारका साथ प्रचारप्रसार गरिरहेका छन् । धन्य छन् । उनीहरु … यसरी हेर्दा कतिपय मान्छेहरुलाई त ‘राई !’ समूहका विद्घान भनिनेहरुलाई व्यंग्य गरे जस्तो पनि लाग्ला, उनीहरुलाई हँसी–मजाकमा उडाए जस्तो पनि लाग्दो हो । तर, … त्यसैले राई समूहका मान्छेहरु ‘राई’ समूहका विद्घान भनिनेहरु लाजै नमानी गर्वका साथ ‘उल्टो बाटो हिँड्दै’ अघि बढिरहेका छन् भनी ठोकेर भन्न सकिन्छ ।

किनभने, ‘राई’हरुले नेपालको भगौलिक एकीकरणपछि शासकहरुले सिंंगो किरात भूमिलाई फुटाएर वल्लो किरात, माझ किरात र पल्लो किरात (लिम्बुवान) बनाएको थाहा नहोला त ? आप्mनो नामको अगाडि डाक्टर, प्राध्यापक, प्राज्ञ, भाषाविज्ञ, मुन्धुमविद फुर्को झुन्ड्याएका र नाकको डाँडीमा चस्मा झुन्डयाउँदै ‘अन्टसन्ट’ भाषण दिनेहरुलाई थाहा नभएको पक्कै होइन होला । हुन पनि माझ किरातका खम्बुका सन्तानहरुलाई दिइएको पद वा पगरी हो, ‘राई !’

सो ‘राई’ पदलाई नै जाति मान्नुपर्ने भनी डंका पिट्दै हिडिरहेका छन्, आफ्नाे बुताले भ्याएसम्म प्रचारप्रसार गरिरहेका छन् । जबकि इतिहास हेर्दा नेपालको भगौलिक एकीकरण अघिसम्म किरातीहरु एकै रहेका थिए । नेपालको भगौलिक एकीकरणपछि वल्लो किरातका सुनुवारलाई ‘मुखिया’, माझ किरातका कुलुङ, बान्तावा लगायत खम्बुका सन्तानलाई ‘राई’, पल्लो किरात (अरुण पूर्व) का याक्खालाई ‘देवान’ अनि लिम्बु र लाप्चालाई ‘सुब्बा’ पगरी दिइयो ।

स्मरणीय के छ भने हाल आएर सुनुवारहरुले आफ्ना पिता–पूर्खा पाएको ‘मुखिया’ पदलाई जाति लेख्न छाडेका छन् । त्यस्तै याक्खा समुदायले पनि आप्mना पिता–पूर्खा पाएको ‘देवान’ पदलाई जाति लेख्न छाडेका छन् । अनि लिम्बु र लाप्चाले पनि आफ्ना पिता–पूर्खा पाएको ‘सुब्बा’ पदलाई जाति लेख्न छाडेका छन् । तर, खम्बुका सन्तानहरुले भने अझै पनि आफ्ना पिता–पूर्खा पाएको ‘राई’ पदलाई जाति लेख्नुपर्ने बाध्यता वा जबरजस्ती गर्ने, किन नि ? बुझी नसक्नु छ ।

तर, अझै पनि मेरो ‘जेन्युईन’ प्रश्न के छ भने यदि एक जाति ‘राई’ को भाषाचाहिँ २८ वटा हुन्छ भने त्यसरी ‘म एक जाति राई हुँ, तर मेरो भाषाचाहिँ २८ वटा छ’ भनेर २८ वटा भाषामा खरर बोल्न सक्ने कुनै ‘माईकालाल राई’ भए ऊसँग मलाई पनि भेट गराई दिनुपर्यो ।

नेपालमा जनगणनाको इतिहास हेर्दा सर्वप्रथम विसं १९६८ मा पहिलोपटक आधिकारिक रुपमा जनगणना भएको थियो । त्यो बेलाको श्री ३ महाराज अर्थात् राणा सरकारले तत्कालीन नेपालको जातजाति, भाषाभाषी, धार्मिक समूह, लिंग, क्षेत्र वर्ग आदिको सामाजिक, आर्थिक, स्वरोजगार, व्यापार, शैक्षिक, स्वास्थ्य, भाषिक, धार्मिक, चेतना विकास आदिको अवस्था कस्तो छ ? त्यो हेरेर उनीहरुका लागि विकास बजेट छुट्याउने र नीति निर्माण गर्ने ढंगले भन्दा पनि आप्mनो ढुकुटीमा कसरी र कति धन–सम्पत्ति जम्मा गर्न सकिन्छ ? भन्ने हिसावले र तत्कालीन भोटसँग युद्घ गर्न परेमा कति जवान ठिटोहरुलाई सिपाहीहरुलाई सेनामा भर्ती गर्न सकिन्छ ? भनेर मात्रै जनगणना गरेको जस्तो देखिन्छ । त्यस्तै धन–सम्पत्ति जम्मा गर्ने सन्दर्भमा भन्नुपर्दा त्यो वेलाको राज्यको मुख्य आयस्रोत भनेको भूमि कर, हाटबजार कर, निकासी–पैठारी कर, ठेकी–बेठी, ठिँगुरो–मुङ्ग्रो आदि कर नै थियो । तसर्थ सोही हिसावले जति सक्दो धेरै भूमि कर, हाटबजार कर, निकासी–पैठारी कर, ठेकी–बेठी, ठिँगुरो–मुङ्ग्रो आदि कर उठाउने हिसावले स्थानीय स्तरमा धेरैभन्दा धेरै ‘राई’ ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘गोवा’ ‘चौधराई’, ‘मिझार’, ‘गौरुङ, ‘थरी’, ‘कारबारी’, ‘माथा’, ‘करता’, ‘बहिदार’ आदि नियुक्त गरे । फलतः ‘६० मुरी माटो’को पनि ‘राई’ ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘गोवा’ ‘चौधराई’, ‘मिझार’, ‘गौरुङ, ‘थरी’, ‘कारबारी’, ‘माथा’, ‘करता’, ‘बहिदार’ आदि नियुक्त भए । ‘६० मुरी माटो’ भन्नाले ‘६० मुरी अन्न फल्ने भूमि÷जमीन’को ठेक्का लिन सक्नेहरु पनि ‘राई’ ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘गोवा’ ‘चौधराई’, ‘मिझार’, ‘गौरुङ, ‘थरी’ आदि भए ।

त्यसैले ऊ बेला गरेको राष्ट्रिय जनगणनामा जातजाति, भाषाभाषी, धार्मिक समूह, लिंग, क्षेत्र वर्ग आदिको महल नै राखिएको थिएन । वास्तवमा देशको समग्र अवस्था कस्तो छ ? जस्तै सामाजिक, आर्थिक, स्वरोजगार, व्यापार, शैक्षिक, स्वास्थ्य, भाषिक, धार्मिक, चेतना विकास आदिको अवस्था कस्तो छ ? हेर्न र त्यो हेरेर नीति निर्माण गर्ने हिसावले जनगणना गर्ने चलन थिएन । तर, पछिल्लोपटक नेपालमा मात्रै नभएर विश्वका प्रायः सबै देशमा आफ्नाे देशमा रहेका जातजाति, भाषाभाषी, धार्मिक समूह, लिंग, क्षेत्र वर्ग आदिको सामाजिक, आर्थिक, स्वरोजगार, व्यापार, शैक्षिक, स्वास्थ्य, भाषिक, धार्मिक, चेतना विकास आदिको अवस्था कस्तो छ ? त्यो हेरेर नै सम्बन्धित जातजाति, भाषाभाषी, धार्मिक समूह, लिंग, क्षेत्र वर्ग आदिको सामाजिक, आर्थिक, स्वरोजगार, व्यापार, शैक्षिक, स्वास्थ्य, भाषिक, धार्मिक समूह आदिका लागि विकास बजेट छुट्याउने, नीति निर्माण गर्ने हेतुले नै जनगणना गर्ने गरिन्छ ।

त्यसरी हेर्दा केन्द्रीय तथ्यांक विभागले २०६८ मा गरेको ११ औं राष्ट्रिय जनगणनाअनुसार नेपालमा १ सय २५ जातजाति र १ सय २३ भाषाभाषी रहेका छन् । यसरी हेर्दा सो जनगणनामा आएको विविध जातजाति, भाषाभाषी, धार्मिक समूह÷सम्प्रदाय आदि भनेको बुभ्mनेहरुका लागि वास्तवमै विविधा भएको ‘साझा फुलबारी’ हो । भलै राज्यले अहिलेसम्म पनि त्यहीअनुसार व्यवहारिक ढंगले नीति निर्माण नगर्नु, उनीहरुका लागि बजेट नछुट्याउनु वा छुट्याएको बजेट पनि पहुँच नभएकाहरुले नपाउनु अनेक दुःखका कथाहरु छन् । जे होस्, २०६८ को जनगणनामा उल्लेख भएका १ सय २५ जातजाति र १ सय २३ भाषाभाषीमध्ये एक हो ‘कुलुङ जाति ।’

तर, नेपाल सरकारको मातहतमा रहेको र, विकासे ऐन अन्तर्गत गठित ‘आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा भने सरकारले कुलुङ जातिलाई छुट्टै जातिका रुपमा सूचीकृत गरेको छैन । फलतः अभैm पनि कुलुङहरुले ‘म कुलुङ’ भनेर परिचय दिँदा ए ‘कुलुङ भनेको त ‘राई’ होइन ? भनी जवाफ दिनेहरु धेरैै भेटिन्छन् । हामीले पनि ‘कुलुङ नभएर राई भए त कुलुङको सट्टा राई नै भनी हाल्थ्यौं नि’ भनी जवाफ दिने गरेका छौं । यस्तो भ्रम पर्नेहरुमा अरु त अरु नै भए भाषाशास्त्री÷भाषाविद्, समाजशसास्त्री, मानवशास्त्री, संस्कृतिविद÷मुन्धुमविद् मानवअधिकारवादी भन्नेहरु, आदिवासी जनजाति मूलका नेता हौं भन्नेहरु नै धेरै छन् ।

खासमा कुलुङ भनेको एक स्वतन्त्र जाति हो । किनभने, कुलुङभित्र नै विभिन्न थर÷उपथरहरु रहेको छ । जस्तै थिम्रा, लोवात्ती, ङोपोचो, तोङेर्बु, होबेर्मी, थोरेप्पा, मोरोखु, होनित्ति, बुक्खो, सोम्फोरु, देउराम, रोतेम्बु, सुर्बा, रेम्निसिङ, सैमालुङ, लाम्लछा, ताम्बुछा, तोर्ङो, पिदिसै, राजित्ति, थोप, वारोखु, गोक्तुलु, वालाखाम, बार्सी, तोमोछा, सेकछा, थोमरोस, मान्थेर्बु, मोल्थो, येइसा, रिबीत्ती, रुखुपो, कुबीत्ती, ङोपोचो, बिजीदेउ, तोङेर्बु, बुक्खो, सोम्फोरु, देउराम, लाम्लछा, ताम्बुछा, तोर्ङो, थोप, वारोखु, गोक्तुलु, रिन्हो, छेन्हो, वालाखाम, वादीरी, बार्सी, गदुहो, देमाखु, हिमार, छाम्निहो, निछिती, पायात्ती, मोरोमुल, फोनीबु, मुम्हो, लगायत ३८० वटाभन्दा बढी थर÷उपथरहरु छन् ।

त्यसैले कुलुङ–कुलुङबीचमै विवाहवारी चल्ने गर्छ । नत्र भने, हामी कुलुङहरु पशुसमान हौं ? त्यस्तो त होइनौं । न त हामी कुलुङहरु रगतको नाता नबार्ने, दूधको नाता मात्रै बार्ने जाति नै हौं । तर, अभैm पनि ‘राई’ के हो ? कुलुङ के हो÷को हो ? भन्ने बारेमा जनस्तरमा व्यापक रुपमा वास्तविक कुरा बाहिर नआएकोले गर्दा पनि यस्तो समस्या भएको हो । हाल धेरै हदसम्म राई जाति नभएर विगतमा, खासगरी नेपालको भगौलिक एकीकरणपछि शासकहरुले दिएको पगरी÷पदवी मात्रै हो भन्नेमा सर्वसाधारण मान्छेहरुमाझ पनि प्रष्ट हुँदै गएको छ ।

कुलुङ जातिको मूल अर्थात् उत्पत्ति–थलो सोलुखुम्बु जिल्लाको उत्तर–पूर्र्वी क्षेत्रको बुङ, छेस्खाम, गुदेल, सोताङ, पावै आदि (हाल महाकुलुङ र सोताङ गाउँपालिका) हुन् भने यी ठाउँलाई कुलुङहरु “मा कूलू” भन्छन् भने, कतिपय विदेशी लेखक तथा अन्वेषकहरु र नेपालका अन्य जातिले यो क्षेत्रलाई ‘महाकुलुङ’ (ग्रेटर कुलुङ) भनेर चिन्दछन् । हाल कुलुङ जातिको बसोवास सोलुखुम्बुको महाकुलुङ क्षेत्रबाहेक संखुवासभा, भोजपुर, सुनसरी, ईलाम, झापा, सुनसरी, मोरङ, तेह्रथुम, चितवन, धनकुटा, ताप्लेजुङ, पाँचथर, उदयपुर, सिराहा, कास्की, खोटाङ, काठमाण्डौ, ललितपुर, भक्तपुर, मुस्ताङ, धनुषा लगायत लगभग २६÷२७ जिल्लामा रहेको छ भने, भारतको दार्जीलिङ, सिक्किम, भुटान, बर्मा, मलेसिया, हङकङ, बेलायत, अष्टे्रलिया, क्यानडा आदि देशहरुमा पनि धेरथोर फैलिएका छन् ।

अब हामी कुलुङ जातिले आगामी जनगणना (विसं २०७८) मा जनगणना गर्न आउने गणकलाई जाति के हो ? भन्ने महलमा ‘कुलुङ’ र थर के हो ? भन्ने महलमा ‘थिम्रा, लोवात्ती, ङोपोचो, तोङेर्बु, होबेर्मी, थोरेप्पा, मोरोखु, होनित्ति, बुक्खो, सोम्फोरु, देउराम, रोतेम्बु, सुर्बा, रेम्निसिङ, सैमालुङ, लाम्लछा, ताम्बुछा, तोर्ङो, पिदिसै, राजित्ति, थोप, वारोखु, गोक्तुलु, वालाखाम, बार्सी, तोमोछा, सेकछा, थोमरोस, मान्थेर्बु, मोल्थो, येइसा, रिबीत्ती, रुखुपो, कुबीत्ती, ङोपोचो, बिजीदेउ, तोङेर्बु, बुक्खो, सोम्फोरु, देउराम, लाम्लछा, ताम्बुछा, तोर्ङो, थोप, वारोखु, गोक्तुलु, रिन्हो, छेन्हो, वालाखाम, वादीरी, बार्सी, गदुहो, देमाखु, हिमार, छाम्निहो, निछिती, पायात्ती, मोरोमुल, फोनीबु, मुम्हो, लगायत ३८० वटाभन्दा बढी थर÷उपथरहरु छन् । त्यसैले कुलुङ–लोवात्ती, देउराम, थिम्रा, रुखुपो, ङोपोचो, तोङेर्बु, होनित्ति, बुक्खो, सोम्फोरु, कुबीत्ती, लाम्लछा, ताम्बुछा, तोर्ङो, सैमालुङ, पिदिसै, सूर्वा, राजित्ति, थोप, वारोखु, गोक्तुलु, वालाखाम, बार्सी, तोमोछा, सेकछा, थोमरोस’ आदि लेख्न लगाउनु पर्छ ।

साथै गणकले आफूले भनेअनुसार लेख्यो कि लेखेन ? भनी आफैले फाराममा हेर्नुपर्छ । त्यस्तै धर्मको महलमा किरात÷रीदूम वा प्रकृतिपूजक लेख्न लगाउनुपर्छ । त्यस्तै भाषाको महलमा यसपटक पूर्खाको भाषा र मातृभाषा भन्ने महल आउँछ । सो महलमा पूर्खाको भाषा पनि ‘कुलुङ’ र मातृभाषा पनि ‘कुलुङ’ नै लेख्न लगाउनु पर्छ । गणकले आफूले भनेअनुसार लेख्यो कि लेखेन ? भनी यो महलमा अझ महत्व दिएर हामी ‘कुलुङ’हरुले हेर्नुपर्ने हुन्छ । किनभने, ‘कुलुङ भाषा’ नै छुट्यो भने हाम्रो (‘कुलुङ’को) भाषा नै नआउने वा कम आउने संभावना हुन्छ ।

12 COMMENTS

  1. स्तम्भ लेखकले निक्कै खोजी र मेहनत गर्नुभएको रहेछ। खुसी लाग्यो तर कुलुङ ,थुलुङ, बान्तावा, चाम्लिङ इत्यादि नाममा किराँत राइहरुलाइ फुटाएर स सानो टुक्रा बनाउने अभियानमा लागेर NGO चलाउएर डलर कमाउनेहरुलाइ नै सपोर्ट गरेको जस्तो लाग्यो। जहिलेसम्म स सानो र भिन्दा भिन्दै भएर पहिचानको खोजी गरिरहिनेछ तबसम्म किनारमा पारिएको र परेकोहरु पिधको पिधमा नै हुनेमा कुनै सका छैन। उहाँहरु जसो मेहनती नवयुवाहरुले फुटाउन होइन जुटाउन आफ्नो समय र बौद्धिकता लगाउनु भए कति दामी हुने थियो होला?

  2. सुदिप राइ ज्यु कमेन्टका लागि ‘हायाम ओलोनुव के ।‘
    तर, राइ ज्युले लेख पढेर कमेन्ट गरेजस्तो लागेन । किनभने, राई जात वा जाति नै नभएपछि फुट्ने वा जुटने भन्ने कुरै हँुदैन । कि सुदिप राइ ज्युले २८ वटा ‘राई !’ भाषामा खररररर…. बोल्न सक्नु हुन्छ ? असलीयतमा तपाई हामी राइ नभएर खम्बु हौं, किराती हौं ।

  3. जहाँसम्म ‘विदेशी डलर वा पैसा खाने कुरो गर्नुभा’छ यो मामिलामाचाहिँ कथित् २८ भाषी राई, एक जाति राई ? को नाममा खुलेको राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६ र काठमाण्डौ जिल्ला प्रशासन कार्यलय रजिस्टर्ड÷काजिप्रका दर्ता नम्बर–३२८÷०४९÷०५०) का हर्ताकर्ता राई सर÷राईनी म्याडमहरुले कति खाएका छन् ? हामी राई जात वा जाति होइन भन्नेहरुले कति खाएका छौं ? तपाईँकै संयोजकत्वमा छानबिन समिति गठन गरौं ।
    किनभने, हामीसँग त राई यायोक्खाले कथित् २८ जाति राई एक जाति राई ? को नाम भजाएर नेपालस्थित कुनकुन आईएनजिओ र दातृनिकायहरुसँग कति रकम लिएको छ ? राम्रोसँग जानकारी र तथ्यांकसमेत छ ।

  4. हुन त आजभोलि नेपालमा सूचनाको हकसमेत लागू भएको हुनाले तपाईँ स्वयम्ले काठमाण्डौको कोटेश्वर महादेवस्थानस्थित राई यायोक्खाको कार्यलयमा गएर आपैmले सो बारेमा बुभ्mदा अझ राम्रो हुन्छ ।
    स्मरणीय के छ भने, विसं २०६३ ०६४ ताका राई यायोक्खाले एक जना राईको संयोजकत्वमा एनजिओ कोअर्डिनेसन कमिटि नै गठन गरेको थियो । मैले नै विभिन्न पत्रपत्रिकामा लेख लेख्ने क्रममा सो बारे लेखेपछि राई योयोक्खाले सो कमिटि देखिने गरी राखेन ।

  5. वास्तविकता यस्तो छ, अझ खोतल्दै जानोस् त ? मैले थाहा पाएसम्मको जानकारी दिने नै छु ।
    त्यस्तै विसं २०६० ०६१ ताका आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान (आजउराप्र) ले कुलुङहरुको भाषा, संस्कार, संस्कृति आदि विकास गर्न भनी दिएको रकमसमेत हाम्रो अधिकार ??? … , हामी राईको अधिकार ??? …. भनेर लगेको रेकर्ड पनि छ ।
    अर्को भनेको यसरी कमेन्ट लेख्दा वा गर्दा (सुदिप राइ ज्युले मात्रै नभएर जो कोहीले पनि) आप्mनो असली नामले कमेन्ट गरौं, लेखौं । हामीले किन आप्mनो असली पहिचान लुकाएर नक्कली नामले कमेन्ट गर्ने ? कि कसो हौ सुदिप राइ ज्यु ?

  6. नोटः माथिको कमेन्ट लेख्ने सुदिप राइ ज्युले निक्कै व्यंग्यात्मक र चलाखी पूर्ण ढंगले कमेन्ट लेख्न खोजे पनि….उनी राई यायोक्खाको टप फाइभभित्रको एक, नभए पनि केन्द्रीय कमिटिको….वा ….प्रज्ञा… अथवा …. को जिम्मेवार व्यक्ति नै हो कि ???….भन्ने देखिन्छ ।…….

  7. बुज्न नसकेको कुरा राई नलेखौ त्यो ठिक छ किरात अथवा खम्बु लेख्दा हुन्न र???किन बान्तावा कुलुङ लेख्नु जाति भनौ या थरको नाममा ???राई हुनु भन्दा पहिला कि यसरी नै फुटेको थियो??कुलुङ ,बान्तावा ,चाम्लिङ छुट्टा छुट्टै जाती हो भने किरातको ईतिहास किन खोज्नु ?????

  8. …. खासमा कुलुङ भनेको एक स्वतन्त्र जाति हो । किनभने, कुलुङभित्र नै विभिन्न थर÷उपथरहरु रहेको छ । जस्तै थिम्रा, लोवात्ती, ङोपोचो, तोङेर्बु, होबेर्मी, थोरेप्पा, मोरोखु, होनित्ति, बुक्खो, सोम्फोरु, देउराम, रोतेम्बु, सुर्बा, रेम्निसिङ, सैमालुङ, लाम्लछा, ताम्बुछा, तोर्ङो, पिदिसै, राजित्ति, थोप, वारोखु, गोक्तुलु, वालाखाम, बार्सी, तोमोछा, सेकछा, थोमरोस, मान्थेर्बु, मोल्थो, येइसा, रिबीत्ती, रुखुपो, कुबीत्ती, ङोपोचो, बिजीदेउ, तोङेर्बु, बुक्खो, सोम्फोरु, देउराम, लाम्लछा, ताम्बुछा, तोर्ङो, थोप, वारोखु, गोक्तुलु, रिन्हो, छेन्हो, वालाखाम, वादीरी, बार्सी, गदुहो, देमाखु, हिमार, छाम्निहो, निछिती, पायात्ती, मोरोमुल, फोनीबु, मुम्हो, लगायत ३८० वटाभन्दा बढी थर÷उपथरहरु छन् । ARU KURO ….

  9. राम्रो लेख राख्नु भएछ हिजो जनै भिराइ दिएको खश जाग्दैछ लिम्बू को कुरै नगरौ सुब्बा लेख्न उहिले छोडी सके तर आफ्नो भुगोल पहिचान नामेट बनाएर राई मा रमाउने हरु असरबादी हुन याख्खा ले देवन लेख्न छोडे उ याख्खा लेख्छन कुलुङ ले पनि हिजो भिराइ दिएको जनै फिर्ता लगभग गरि सके भन्दा हुन्छ होला होइन सर तर यो खम्बु भुमी को ले खम्बु लाई अगाडी सार्नु पर्ने मा किन खम्बु नाम सुन्नै चाहादैन सर बडो अचम्मित छु सर कुलुङ छुट्टै जाती हो अगि बढ्नु होस सर धर्म मा किरात मा सहमत हाउ जाती मा खम्बु थर मा आफ आफ्नो थर राखेर खम्बु एउटा छुट्टै पहिचान हो किरात सभ्यता हो कुलुङ छुट्टै जाती हो भनेर चिनाउनु होस सर म २०५५ साल सम्म सुब्बा लेखेर निकै छाती फुलाउथे जब राजनीति ग्यान गुन बुजे तेस पछि २०५६ मै म लगायत गाउका सबै ले सुब्बा को ठाउँ मा लिम्बू र थर गत मेन्याङ्गबो लावती सम्बाम्फे तुम्बाम्फो फागो नेम्बाङ आदि लेख्न सुरु भो अहिले नागरिक्ता मा नाम को पछाडी लिम्बू र ब्राकेट मा आफ्नो थर राखेको छु सबै जागौ सन्चेतना फैलाउ हिजो हिन्दुकृत को पेलान मा हाम्रो पहिचान अस्तित्व झन्डै खरानी भयो अब दिन आको छ जोगाउ धन्यवाद 🙏🙏🙏

  10. MA ‘LUMFUNGWA’ “THAR”KO “LIMBU”KO ‘BHANJA’ PANI HUN, ‘ MENYANBO’ JYU.
    HEKE CHOGULLE AANGA MENJO THIK-NE66I…. “YAKTHUNG PA:N AANG: TARUNGA: HAU “KWAE: …!!!

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here