जनता समाजवादी पार्टी खिजीदेम्बा–काठमाडौं सम्पर्क समितिको गठन गरिएको छ । सम्पर्क समितिको अध्यक्षमा राङडु शेर्पा चयन भएका छन् ।

शेर्पाको अध्यक्षतामा ४३ सदस्यीय समिति चयन भएको जनता समाजवादी पार्टीका प्रदेश नं १ का सदस्य गम्बु शेर्पाले जानकारी दिए ।

समायोजित समितिको बरिष्ठ उपाध्यक्षमा निर्मल सुनुवार, उपाध्यक्षहरुमा च्यामु शेर्पा, शन्तबहादुर तामाङ छन् ।

सचिवमा सुवास तामाङ, कोषाध्यक्षमा शेरजाङबु शेर्पा, सहसचिवमा आङ फूर्वा शेर्पा, कण्डि शेर्पा लगायत छन् ।

नव समायोजित समितिका पदाधिकारीलाई कार्यक्रमका प्रमुख अतिथि तथा जनता समाजवादी पार्टीका कार्यकारिणी सदस्य पर्शुराम खापुङले पद तथा गोपनियताको सपथ ग्रहण गराएका थिए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here