पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा १५ हजार ४३८ नमुना परीक्षण गर्दा ३ हजार १६७ जनामा काेराेना पुष्टि भएकाे हाे ।

काठमाडाैं उपत्यकामा भने पछिल्लाे २४ घण्टामा १ हजार ७४६ जनामा काेराेना पुष्टि भएकाे छ । जसमध्ये काठमाडौंमा १ हजार ४५१ जना, ललितपुरका १५२ जना र भक्तपुरका १४३ जना छन् ।

याेसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ ।  जसमध्ये ८९ हजार ८४० संक्रमितमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा मात्र १ हजार ८०० जना संक्रमणमुक्त भएका छन् ।

र हाल देशभर ३८ हजार ७३७ संक्रिय संक्रमित छन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here