पर्साको वीरगञ्जबाट २३ किलो बढी सुन बरामद गरिएकाे छ ।

केही दिनदेखि निगरानी गरिरहेको प्रहरीले वीरगञ्ज महानगरपालिका-५ रेशमकोठीस्थित गणेश अपार्टमेन्टमा छापा मार्दा २३ किलाे सुन बरामद गरेकाे हाे ।

प्रहरीले १ केजीका १३ वटा बिस्कुट, मझौला बिस्कुट ४६ थान (८ केजी ५७६ ग्राम) र सानो बिस्कुट १०० ग्रामका १० थान (एक केजी) बरामद भएको छ ।

सुनका गरगहना पनि बरामद भएको छ, जसको तौल ६८१ ग्राम छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here