के सोध्नु हालखबर खै के भन्नु के गर्दै छस त
दिनचर्या अनि जनजीवन छ सबैको अस्तव्यस्त

मान्छेलाई मान्छेको नजिक बस्न डर
घरबाट निस्कन अनि घर भित्र पस्न डर
मन लागेको खाना भनेको ठाउँमा खान डर
गारो सारो पर्दा खेरी पनि अस्पताल जान डर

म बाहेक सबै संक्रमित छन् भन्ने सोच्चु अरे
अत्यावस्यक नपरी बाहिर हिड्न नखोज्नु अरे
मास्क अनि स्यानेटाइजर केहिको छैन भर
चाडपर्व आए जानु कि नजानु गाउँ घर

पैसाबाट पनि संक्रमण हुने विज्ञहरुको ठहर
आफैसंग आफै आज भयभित छ शहर
रोग होकि यो मेडिकल माफियाको जहर
मनुष्य जगत सबैतिर कोरोनाको कहर ।

–पूर्णबहादुर बस्नेत, दाङ

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here