हालै बलिउड अभिनेत्री विद्या बालनले कास्टिंग काउचको विषयलाई लिएर एक सनसनीपूर्ण खुलासा गरेकी छन् । एक अन्तर्वार्तामा उनले कास्टिंग काउच बारे आफ्नो अनुभव सुनाएकी हुन् ।

फिल्म स्टार बन्ने सपना बोकेर मुम्बई पुग्ने धेरै युवती मात्र नभई बलिउड नायिकाहरु समेत कास्टिंग काउचको शिकार बन्ने गरेका छन् । कास्टिंग काउचबारे धेरै अभिनेत्रीहरुले खुलासा गरिसकेका छन् ।

कुनै एक समयमा लगभग १०-१२ चलचित्र फुत्किएपछि विद्या तनावमा थिइन् । त्यही समयमा विद्याले सबैभन्दा धेरै समस्या झेल्न पर्यो । उनले अन्तर्वार्तामा बताए अनुसार त्यस समयमा उनी ऐना हेरेर टोलाई बस्थिन् । धेरै निर्देशक र निर्माता भेट्थिन् ।

त्यही क्रममा एकपटक चलचित्र पाउने आशामा विद्या एक निर्देशक भेट्न चेन्नई पुगेकी थिइन् ।

कामबारे छलफल गर्न विद्या निर्देशकसँग कफीशप पुगेकी थिइन्। तर निर्देशक पटक-पटक होटेलको कोठा जानको लागि कर गरेको विद्याले अन्तर्वार्तामा सुनाइन्।

कोठा भित्र गएपछि कुरा मिल्ने निर्देशकले बताएपछि विद्या होटेलको कोठामा पनि गइन् । तर ढोका भने बन्द गर्न भने दिइनन् । निर्देशक त्यहाँ केही समय बसे र आफूले खोजेको नपाउने भएपछि त्यहाँबाट गए । एजेन्सी

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here