प्रदेश नं २ को धनुषामा नेकपा र नेपाली कांग्रेस परित्याग गरी दुई हजार भन्दा बढी नेता तथा कार्यकर्ताहरु जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।

शुक्रबार धनुषाको सबैला नगरपालिकामा आयोजित ‘बृहत पार्टी प्रवेश कार्यक्रम’मा सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसका दुई हजारभन्दा बढी कार्यकर्ताहरु जसपामा प्रवेश गरेका हुन् ।

जसपा सबैला नगर समितिले आयोजना गरेको उक्त कार्यक्रममा नेकपाबाट १३ सय भन्दा बढी र नेपाली कांग्रेसबाट ७ सय भन्दा बढी कार्यकर्ताहरु पार्टी प्रवेश गरेका हुन् ।

जसपाका नेता राजेन्द्र महतो, लालबाबु राउत, अनिल झालगायतले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका छन् ।
जसमा जितेन्द्र सोनल, उमाशंकर अरगडिया, मनिष सुमनलगायत नेताहरु समेत उपस्थित थिए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here