मेक्सिकोमा ४ फिट अग्लो मुसा भेटिएपछि भागदौड मच्चिएको छ ।

केही हप्ताअघि भारी वर्षापछि मेकिसको सिटिको एक नालीमा निकै डरलाग्दो मुसा भेटिएको थियो । नाली सफा गर्दै गरेका कामदारहरूले नालामा डुबेको एक ठूलो मुसो देखे ।

पहिलोपटक मुसा देख्दा डराएका कामदमरहरुले नजिकै गएर त्यसलाई बाहिर निकाल्ने प्रयास गरे । जसमा कामदारहरुले पत्ता लगाए कि त्यो मुसो वास्तवमा नक्कली थियो जुन हेलोवीन प्रोपमा प्रयोग भएको थियो ।

इभेलिन लोपेज नाम गरेकी एउटी महिलाले उक्त मुसो आफ्नो भएको दाबी गर्दै वर्षौं पहिले आएको आँधीबेहरीमा हराएको बताइन् । उनले भनिन्- नालाहरुमा खोजीका लागि सहयोग मागेकी थिएँ तर कुनै काम भएन ।

नालामा फेला परेको मुसा यति वास्तविक देखिन्थ्यो कि पहिलो पटक मानिसहरूले देख्दा भागदौड समेत मच्चिएको थियो ।एजेन्सी

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here