प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई गलत सूचना तथा गलत बाटोमा लाने गरि अनुशासनहिन तथा गैरजिम्मेवार नबन्न डा. बाबुराम भट्टाराईलाई चेतावनी दिएका छन् ।

६५औं नेपाल प्रहरी स्थापना दिवसको अवसरमा आज काठमाडौमा आयोजित कार्यक्रममा जनता समाजवादी पार्टीका वरिष्ठ नेता समेत रहेका भट्टाराईलाई प्रधानमन्त्री ओलीले साे चेतावनी दिएका हुन् ।

उनले भने, ‘हामी त्यस्तो गैरजिम्मेवार र अनैतिक हुन सक्दैनौ, त्यस्ता हर्कत हामी गर्न सक्दैनौ । केहीले गैह्रजिम्मेवार तरिकाले बोलेर हिँडेको सुनेँ, कार्यारम्भ नै नभएको कसले कसरी काम गर्छ भन्ने टुंगो नभएको आयोजनामा बाँडेर खाए भन्ने गैरजिम्मेवार अभिव्यक्ति निराधार छ ।’

नेता भट्टराईले नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली, पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभाापति शेरबहादुर देउवाले बुढीगण्डकी जलविद्युत आयोजनामा ९ अर्ब कमिशन खाएकाे प्रमाण दिन आफू तरहेकाे सार्वजनिक रूपमा बताएका थिए ।

प्रधानमन्त्री ओलीले उक्त आरोप प्रमाणित गर्न डा. भट्टराईलाई चुनौती दिएका छन् ।

अनुशासनहिन र गैरजिम्मेवार तत्वलाई विधिको आवश्यकता नपर्ने उल्लेख गर्दै उनले  डा. भट्टराईको आरोप गैरजिम्मेवारी अभिव्यक्ति भएको जिकिर गरे ।

सरकार भ्रष्टाचार तथा अनियामिताको बिरुद्धका निम्ति निर्मम भई अघि बढ्ने दोहोर्याउँदै प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वको सरकार निराधार तथा गैरजिम्मेवार हुन नसक्ने बताए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here