– ध्रुवराज बस्नेत

खसहरुले राष्ट्रिय परिचयपत्र र २०७८ को जनगणनामा धर्मको महलमा मष्ट र जातीको महलमा खस लेखाउने कुरा धर्मान्तरण हुँदै होइन ।

(१) यो त नेपालका १७% मुलवासी खसहरुको अस्तित्व र धार्मिक सोतन्त्रताको संबैधानिक सुनिश्चितता हो ।
(२) हिन्दु ब्राह्मण बर्चस्ववादले मेटाउन लागेको खसहरुको मुल धर्म को पुनरउत्थान हो ।
(३) आर्य संस्कृतीलाइजेशनले नामेट पार्दै जिर्ण अबस्थामा पुर्याएको खसहरुको कुल धर्म को पुनरसम्बर्द्धन हो ।
(४) धर्मको नाममा चरम अन्धविश्वासले गरेको मानसिक बन्द्याकरणबाट उन्मुक्ति हो ।
(५) नेपाली समाजमा जातीय छुवाछूत, वर्णभेद र उचनिच सामाजिक बहिषकरण जस्ता कारणले मौलाउँदै गइरहेको पश्चिमी संस्कृति इशाइ धर्मको रोकथाम या न्युनिकरण हो (मष्ट धर्ममा जातीय छुवाछूत वा उचनिच छैन)

(६) यो धर्ती नै बैकुण्ठ, स्वर्ग, नर्क, मर्त्य अथवा जिवात्माको लागि सबैखाले लोक हो । यही पृथ्वी लोकमा यही एकै जुनीमा मानिसले जस्तो कर्म गर्यो उस्तै फल प्राप्त गर्दछ । तर यथार्थ के छ भने मृत्यु निश्चित छ । जव कुनै पनि प्राणी (मानव) जन्मेपछि मर्न डराउँदछ, सांसारिक मोह धन-दौलत, मान-प्रतिष्ठा, परिवारिक माया अथवा सामाजिक सद्भाव र मृत्यु पश्चात् आफ्नो आत्मारुपको प्रतीरुपका बिम्बमा सुन्यता आदि आदि कुराहरुले । तर जब कुनै पनि धर्मले मृत्यु पश्चात्को यात्रा बैकुण्ठ,स्वर्ग या भनौ जिबनकाल मा आफुले गरेका कुकर्म र सत्कर्म दुबैको फल परलोकमा मिल्ने ब्याख्या गरेको हुन्छ भने मानवलाई स्वर्ग प्राप्तीको लोभलालच अवस्य बढ्दछ । अन्धविश्वास हिन्दु ब्राह्मण [इशाइ] धर्मले ब्याख्या गरेका परलोकका मिथ्य ब्याख्याले मानव समाजलाई मानसिक दास बनाइदिएको छ । मणि-माणिक्य, वस्त्र-धातु, द्रब्य, गौदान, मिष्ठान्न-ब्यञ्जन, वा बहुमुल्य-बहुउपयोगी बस्तुहरु ब्राह्मण पण्डित-पुरोहितलाई दान गरे [जिशस प्रति संसर्गित भए] जिवनकालमा गरेका कुकर्म वा भुलचुक सबै माफी र हरण भइ जीवित अस्तित्व अवशान पश्चात् मृतात्मालाई बैकुण्ठ वा स्वर्ग प्राप्त हुने तथ्यहिन प्रपोकाण्डबाट छुट्कारा पाउनु हो ।

(७) मानव जन्मे पश्चात् १६ कर्म संस्कारभित्र विविध कर्म कार्यको नाममा ब्राह्मणलाई दस्तुर चडाइ जिवनसिद्ध बनाउनैपर्ने नत्र अलवा मृतात्मा खण्ड-खण्डका नर्क लोकमा दण्डित रहने भयभह डर त्राश, साथसाथै दिवाङ्गत पित्रीलाई स्वोर्ग तर्पण का नाउमा साइनो न समन्धको गोडा ढोग्नुपर्ने हिन्दु टपरे पाखण्डवादको शास्त्रीय नीति एकल नस्ललीय स्वामित्वका ठगिकरणबाट बच्नु हो ।

(८) आर्य संस्कृति का विभिन्न शास्त्रीये साहित्य अनि संस्कृत भाषाका त्याज्य मन्थन र ब्याख्याले खसहरुको मनसपटल मा गहिरो जरा त गाडेकै थियो ।

२०७२ को संविधानले जाति र धर्मको पहिचानप्रति स्वतन्त्र दिएसँगै केही सचेत खस अभियान्ताहरुले आफ्नो जाती र जातिको मुख्य पहिचानको अस्तित्व मष्ट धर्मलाई पुनरउत्थान गर्ने आवाजहरु उठाइरहँदा हाल हिन्दुआर्य ब्राह्मण धर्मका नस्ललीय चिन्तनले ओतप्रोत मानिसहरुले समाजमा भ्रामक दिकभ्रम यसरी फैल्याउदैछन कि =
(क) मष्ट कुनै धर्म नभएर एक देवताको रुपमा पुजिने खसहरुको मृतात्मा हो ।
(ख) फलानो हिन्दु शास्त्रीय साहित्यका ढिस्कानो पात्र देवीदेवताका तिलानो संन्तान हुन् मष्ट ।
(ग) खसहरु आर्य नस्लका तागाधारी क्षेत्री नै हुन श्रीमतभाग्वत महापुराणमा स्पस्ट लेखिएको छ । परापुर्व कालदेखि नै कणाली क्षेत्र खसानमा विशाल सांम्राज्य खडा गरेर बसेका हुन् । शैव (शिव) का गण हुन् अथवा शिवलाई पुज्ने बितिकै हिन्दु हुन् भन्ने तात्पर्य हो।
(घ) हाला मष्ट धर्म लेखाउनपर्छ भन्नेहरु सबै इशाइबाट परिचालित हुन्, डलरमा बिकेर हाम्रो ब्राह्मण र क्षेत्री बिचको समन्ध टुक्र्याउने काम गरिरहेका छन्, हाम्रो हिन्दु धर्मलाई अल्पमतमा पार्न लागिपरेका छन्, क्षेत्री ब्राह्मण वा खस आर्य टुक्रिए हिन्दु धर्म अल्पमतमा परे देश टुक्रिन्छ ।
(ङ) आर्य वा ब्राह्मण कुनै जाती वा नस्ल होइन ठूलो सानो कोही छैन, [अझ] हिन्दु धर्म होइन धर्म त बैदिक सनातन हो, हामीलाई फुटाउने चाल हो, खस र आर्य एकै हो ।
(च) जातीय पहिचानका नारा उठाएर सम्प्रदायिक एजेन्डालाई उचालेर राजनैतिक लाभ लिन खोजिहेछन् ।

=जस्ता अनेकौ प्रपञ्चका तर्क अगाडि सारेर खसहरुको एकमात्र बचेको पहिचान मष्ट धर्म संस्कृतिलाई ओझेलमा पारेर अझै खस लगायत सम्पुर्ण पिछडिएका आदिवासी जनजातीहरुमाथि आर्य ब्राह्मण धर्मको प्रभुत्वका लागि एकल स्वामित्वमा हिन्दुत्वको बर्चस्व सदिऔ कायम राख्न चाहेको कुरा प्रष्ट देखिन्छ ।

(९) भलै हिजो हाम्रा पुर्खाहरु परिस्कृत र रुपान्तरित समाज विकास क्रममा आर्य संस्कृतिको प्रभाव र तत्कालिन शासन प्रणालीअनुशार आफ्नो धर्म संस्कृतिको संरक्षणमा चुकेहोलान । जातीय पहिचान त्यागेर तागा भिरेहोलान तर हाम्रो संस्कृतिक पहिचान मुल मष्ट धर्म अझै जीवितै छ । खसहरुले मष्ट धर्म लेखाउनु धर्मान्तरण हो इशाइबाट परिचालीत र जातीय राजनीतिको उत्सर्ग हो देश टुक्र्याउने खेल हो भनेर जसरी एउटा बर्गका आर्य ब्राह्मणहरुले सम्पुर्ण मुलवासी खसहरुलाई हाउगुजी देखाइरहेका छन् यो कर्म सरासर जातीय, धार्मिक, सांस्कृतिक र सामाजिक उत्पीडनमा रहेका समस्त खस समुदायको आखामा हिलो छ्याप्ने कार्य हो ।

(१०) हिजो हाम्रा पुर्खाहरुले अंग्रेजलाई हराएर राष्ट्रियता जोगाए बिशाल नेपाल बिस्तार गरे । तर आर्य संस्कृति र ब्राह्मणसँग आफ्नो जातित्व र धर्म जोगाउन सकेनन । हिजो जसले खसको जातित्व र मष्ट धर्मको संघार गरे आज तिनैले हामी नै खस हौ भन्दैछन् दु:खद कुरो, जो यथार्थमा ब्राह्मणबाट जात खस्केर खत्री र क्षेत्री हुनेहरु आज कथित खस क्षेत्री भएका छन् कथित खस बाहुन भएका छन् र यिनले आज शुद्ध झररा खसहरुको अस्तित्व ओगटेर खसहरुको सिंगो बिरासतलाई नै धमिलो पारिदिएका छन् ।

(११) हिजो जुन खसहरुले ढाल तरवार र खुडाले आधुनिक तोप गोला र लडाइँका लागि आवश्यक विविध एमुनेशनले सुसजित अंग्रेजहरुलाई छपाछ्प गिडेर विशाल नेपाल सिर्जिए आज तिनै खसहरुको बिरासत पुनरउत्थानका आवाजहरु उठ्नु कसरी धर्मान्तरण र इशाइको आवाज हुनसक्छ ? खसहरुको आफ्नो रणकौसल्ता अनि ढाल तरवार र खुडाको भरमा यत्राे विशाल देश नेपाल एकीकरण गरि सबैको साझा फुलवारी निर्माण गर्ने खस जातिले कसरी देश टुक्र्याउन सक्लान ? यो सब कल्पना भन्दा बाहिरका कुरा हुन् । आम जनमानसमा आल्तुफाल्तुका अफवाह फैलाएर कथित खस ब्राह्मणहरुले आफ्नो प्रभुत्व लादिरहने प्रपन्च, कुटिल र सुक्ष्म नीति हो । बरु मष्ट धर्म र खस जातिलाई संबैधानिक रुपमा सुचिकृत गर्नसके आजका इशाइ-अंग्रेज हरुलाई हिजो हाम्रा टाउका चुडाल्ने विशाल खस साम्राज्यका खसहरुको बिराषत अझै जीवितै रहेछ भन्ने गहिरो र डरलाग्दो शंदेश जानेछ ।

(१२) सम्पुर्ण खसहरुले जातिको महलमा खस र धर्म को महलमा मष्ट लेखाउनाले बहुजातीय बहुभाषिक बहुसांस्कृतिक संपदाले भरिपुर्ण साझा फुलवारी नेपालमा सबै जातजाती भाषा धर्म र संस्कृतिमा समान्तरण हकहितको सद्भाव सहितको सम्मान हुनु र सामाजिक समानताको सुनिश्चितता संबैधानिक रुपमा कायम हुनु हो ।
धन्यवाद
जय मष्ट जय खस । बस्नेतकाे फेसबुकबाट

1 COMMENT

  1. मस्ट धर्म सम्बन्धमा धेरै कुराहरु स्प्ष्ट हुन सकेका छैनन जस्तै बाहुन क्षेतृहरुले जनै लगाउँ छ्न र हालका क्षेत्री भनिने जस्तै थापा, खड्का, बस्नेत, भन्डारी, कार्की आदि जस्लाइ खस मानिन्छ्ले लगाउँदै आयेको जनै, कर्म काण्डहरु,त्याग्ने कि नत्याग्ने?तेस्तै हिन्दुहरुले मान्दै आयेका ब्रम्हा बिष्णु शिव लक्ष्मी पार्बती सरस्वती, राधा कृष्ण बराह जस्ता देबि देवतालाइ पनि परित्याग गर्ने कि नगर्ने? मन्दिर्मा पुजा आजा बलि लगायेत हिन्दु तिर्थ यात्रा पशुपती नाथ,मुक्तिनाथ, बराह आदिको दर्शन गर्ने कि नगर्ने? तेस्तै मस्ट धर्ममा रहेको क्रुर बलि प्रथाको अन्त्री गर्ने कि नगर्ने? मस्ट धर्म का देवता भनियेक मस्त त एउटै छैनन 12 मस्ट छन भनिन्छ र तिनको पुजा बलि पनि नितान्त फरक छ भनिन्छ तर एउटै मस्ट धर्म मान्ने र पुजा प्रथा एउटै कायेम गर्ने र मस्ट देवलाइ खुसी पार्न निरीह पशु पंछिको हत्या बलि निषेध सम्भव छ कि छैन ? धर्मका पुरोहित को हुने र धर्मको नाममा हुने व्यापार शोषण ठगी धन्दा हुन्छ्की हुदैन यी सम्बन्धी प्रश्नहरुको चित्त बुझ्दो जवाफ आउनु पर्छ । मस्ट्लाइ सम्प्रदाय मान्न सकियेला लामा सम्प्रदाय भने जस्तै तर लामा धर्म नभय जस्तै मस्टलाइ पनि धर्म मान्न सम्भव छैन भन्ने मलाइ लाग्दैछ । येस बिषयमा रहेका साइ पक्षेमा स्पष्ट हुनु पर्छ । बरु हामी बाहुन क्षेत्री बर्ग भित्र पर्दैनौ खस बर्गमा पर्दछौं भन्न सकिन्छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here