केही समयदेखि ‘जातको प्रश्न’ नामक टेलिभिजन कार्यक्रम सञ्चालन गर्दै आएका नायक राजेश हमाल विवादमा परेका छन् ।

नेपालका हुने गरेका जातीय विभेद र छुवाछुतका घटना न्यूनीकरण गर्ने उदेश्यले निर्माण गरिएको उक्त कार्यक्रमका कारण नायक हमाल विवादमा परेका हुन् ।

जातको प्रश्न निर्माणमा क्रिश्चियनहरुको सहयोग रहेको थाहा पाएपछि अहिले सामाजिक सञ्जालमा उक्त कार्यक्रम र राजेश हमालको आलोचना गरिदै छ ।

उक्त कार्यक्रमले आफूहरुको धर्म संस्कृतिको बदनाम गर्न खोजेको र नेपालमा क्रिश्चियन गतिविधि बढेकाे रुपमा लिँदै हिन्दु समुदायका केही व्यक्तिहरुले सामाजिक सञ्जालमा नायक राजेश हमालको विरोध गरेको देखिन्छ ।

जातको प्रश्न कार्यक्रम समता फाउन्डेशनले ‘क्रिश्चियन एड नेपाल’सँग सहकार्य गरी उत्पादन गरेको हो ।

यो कार्यक्रम हरेक शनिबार साढे ६ बजे कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै आएको छ । यो समता फाउन्डेशनको युट्युब च्यानलमा समेत हेर्न सकिन्छ ।

कार्यक्रम लोकप्रिय बन्दै गएको बेला क्रिश्चियन प्रचारक संस्थाहरुको खेल भन्दै हाल यस कार्यक्रमको आलोचना गरिएको हो ।

यसबारे समता फाउन्डेशनले कुनै प्रतिक्रिया दिएको छैन ।

नायक हमाललाई उनका शुभचिन्तकहरुले ‘पहिले बुझेर मात्र कार्यक्रम चलाउनुपथ्र्यो’ भन्दै कमेन्ट गरेको देखिन्छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here