कोरोना भाइरसले पुरूषहरूकाे अण्डकोषमा समेत असर पुग्न सक्ने र नपुंसक हुन सक्ने एक अध्ययनबाट पत्ता लागेको छ ।

अध्ययनका अनुसार कोरोना संक्रमणको ३०औँ दिनसम्ममा पुरुषमा शुक्रकिटको संख्यामा आधाले कमी आउने देखिएको छ ।

इजरायलमा गरिएकाे उक्त अध्ययनका क्रममा कोरोना संक्रमित पुरुषमा भएको शुक्रकिटको प्रभावकारितामा पनि असर पुग्ने पत्ता लागेको छ ।

तर, कोरोना संक्रमित पुरुषमा सन्तान उत्पादनको क्षमतामा पूर्णकालिन ह्रास आउँछ अथवा आउँदैन भन्नेमा अझै अस्पष्टता रहेको अध्ययनमा संलग्न वैज्ञानिकहरुले बताएका छन् ।

‘द जर्नल अफ फर्टिलिटी एण्ड स्टेरिलिटी’मा प्रकाशित रिपोर्टकाअनुसार अध्ययनका क्रममा कोरोनाको सामान्य लक्षण देखिएको पुरुषमा पनि वीर्य उत्पादनको क्षमतामा परिवर्तनहरु भएको पाइएको छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here