केही वर्षयता ‘राई कुनै जाति होइन’ भन्ने अभियानमा लागेका इन्द्र कुलुङले राई जाति पनि नभएको र किराती पनि नभएको जिकिर गरेका छन् ।

२०७८ सालमा हुने राष्ट्रिय जनगणनामा जातिको महलमा कुलुङ, बाहिङ, थुलुङ आदि लेखाऔ भन्ने अभिप्रायले केही दिनअघि आयोजना गरिएको एक कार्यक्रममा कुलुङले सो कुरा बताएका हुन् ।

‘राई जाति पनि होइन, किराती पनि होइन भन्ने आधार राई कुनै पनि किराती वंशमा पाइँदैन,’ आफ्नाे परिचय इन्द्र कुलुङबाट इन्द्र होनित्ती लेख्न थालेका उनले भने, ‘अहिलेसम्म मैले धेरैलाई सोधिसकेँ, कुन किरातीको वंश हो राई भन्यो भने पाइँदैन । तर थुलुङ कहाँबाट आयो भने किरात हुँदै खम्बु हुँदै आएको देखिन्छ । राई त्यहाँ कही देखिदैन । मेवाहाङ कहाँबाट आयो भने त्यहाँ पनि राई देखिदैन ।’

उनले पृथ्वीनारायण शाह भन्दा अघि कोही पनि राई जाति नभएको बताए । राई पृथ्वीनारायण शाहले दिएको पद्वी भएकोले राई जाति नभएको उनको भनाइ छ ।

उनले लिम्बुहरुले पनि राई पद्वी पाएको तर पछि उनीहरु राई छोडेर लिम्बु भएको बताए ।

‘लिम्बु पनि राई छोडेर लिम्बु भएको छ । किनभने लिम्बुले दुईटा पद पायो, एउटा सुब्बा अर्को राई,’ उनले थपे, ‘संखुवासभातिरको फागो लिम्बूहरुले राई पद्वी पाएका थिए ।’

उनले राईहरुले हिन्दु धर्म मान्नुपर्ने बाध्यता रहेको बताए । ‘राईले मान्ने धर्म नै हिन्दु हो,’ उनले भने, ‘राईले हिन्दु धर्म मान्नुपर्ने, किनभने राज्यको धर्म मान्नुपर्ने भनेको छ, राज्यको धर्म त हिन्दु थियो त्यतिखेर । राईले दशै तिहार रामनवमी सबै मान्नुपथ्र्यो ।’

उनले नेपालका २२ जिल्लामा कुलुङहरुको राम्रो उपस्थिति रहेको दाबी गरे । तर हाल दुई, तिनवटा जिल्लाबाट मात्र सम्पर्क भएको बताए ।

सो क्रममा उनले धर्मको विषयमा अहिले विवाद गर्न नहुने बताए । बरु धर्मको विषयमा किरात धर्मका बारेमा राम्रो अध्ययन गरेका चन्द्रकुमार सेर्मालाई भेटेर सुझाव दिनुपर्ने बताए ।

‘धर्ममा विवाद नगरौ, किरात धर्म नै लेखौ,’ उनले भने, ‘किरात धर्मबारे धेरै अध्ययन गरेका चन्द्रकुमार सेर्मालाई भेटेर सुझाव चाहि दिनुपर्छ ।’

हाम्राे युट्युब च्यानल सब्स्क्राइभ गर्नुहाेलाः

9 COMMENTS

  1. HOIN ‘BIJAYA’ ”RAI !” YO “SAMACHARLE TA “RAI !” Ko NITIGAT … ULLANGHAN GAREN R ? ”RAI !”HARUKO BIRUDDHMA BHAYEKO … 6APNU BHAYE6 !!! HUNTA ”…आफ्नाे परिचय इन्द्र कुलुङबाट इन्द्र होनित्ती लेख्न थालेका उनले भने, ‘अहिलेसम्म मैले धेरैलाई सोधिसकेँ, कुन किरातीको ….” BHANNE BAKYANGSHALE ‘KHISI-TIURI !’KO BHASHA BOL6, TAIPANI …
    MERO CHINTA BHANEKO ARULAI ‘KHISI-TIURI !’ GAR6U BHANDA AAFNAI ”DHOTI ….” BHANE JASTO HOLA NI !!
    OLONUWA KE !

  2. KHASMA ‘BIJAYA’ ”RAI !” JYU, ‘…आफ्नाे परिचय इन्द्र कुलुङबाट इन्द्र होनित्ती लेख्न LEKHEKO BHANDA ‘BAHUN’LE KAHILYAI ‘AAFNO NAME PA6I ‘BAHUN’ LELKHEKO 6 ? ‘BARAL’, ‘POKHAREL’, …, LEKHEKO 6. TYASAILE आफ्नाे परिचय इन्द्र कुलुङबाट इन्द्र होनित्ती लेख्न GAREKA HUN. TARA ”PATAI-HAJUR’HARU JASTO ”RAI !”BADIHARULAI ”RAI !” ‘PADAWI/PAGARI’ PYARO 6 ! …. ANI KAHABAT ARULAI ‘BYANGYA !’ NAGARNU ? ‘SWARGIYA’ ”MD KULUNG”KO BHANAI SAPAT LIYER BHANE HO BHANE, ”BI. CHA. RA. !” BIJAYA …. ”RAI !”

  3. …उनले ….. तर हाल दुई, तिनवटा जिल्लाबाट मात्र सम्पर्क भएको बताए । BHANNE JUN BAKYANGSHA BIJAYA ”RAI !” JYULE GALAT MANSAYA RAKHNU BHA’6.
    KINBHANE ”KULUNG”12/13 JILLAMA ”JILLA SAMITI”NAI 6. TYASTAI ”MIM6A KHUSKHOM”, ”SESMO KHOM”, ”PAPA6A GHUSKHOM”,… BIDDHYARTHI, MAHILA, KALAKAR, YUBA, …. AADI SANGATHAN HARU PANI 6.

  4. मेरो जस्तै अधिकांशको बंश थरको नाम राई नै छ। अहिले छ, हिजो थियो र पहिले पनि थिदै थियो। किरातीको बंशावली मा विभिन्न थरको नाम थिदै थिएन भएको उही राई नै हो। केहि साल भने कसैले लेख्न थालेको हो उहिले त राई नै थियो। बंशावली मा राई थिएन रे ? किरातकालिन राजाको थर के थियो ? किरातकालिन राजाको थर राई भएको जो (पृथ्वी नारायण शाहको पाला भन्दा धेरै अगाडी) अलिकति पनि हेक्का छैन ? लिखत, उल्लेखित र इतिहास मा अंकित छ र प्रमाणित छ। यति पनि हेक्का नराख्ने ?
    पृथ्वी नारायण शाहको पाला मा न त कुलुङ्ग न त अरु थर नै थियो भएको भए त उहिले छुटै किपट पगरी नै पाउथो होला नि ? अहिको विभिन्न थरि राईको जनसंख्या बृदि दर घटाउदै लाग्ने हो भने कति साल पुग्ला र ? पृथ्वी नारायण शाहको पाला मा नै कुलुङ्ग, मेवाहाङ्ग, थुलुङ्ग र अरु… भएको थियो भने त अहिले संसार भरि नै कुलुङ्ग कुलुङ्ग हुन्थ्यो होला त ? किन एउटै थाक थलो र आसपास भित्र मात्र सबै भेटिएका ?
    हामी राई जातीका थियौ, हामी राई हौ, हामी राई नै हुने छौ र राई जातीकै सर्ब पहिचान हाम्रो हो भनेर सामुदायिक बृहद पहिचान बोक्ने कार्य हाम्रो अधिकार हो , हो हाम्रो स्वपहिचान हो। कसैले खिसी गरेर हुदै। कसैले पगरी दिएको होस वा नहोस त्यो गौण कुरा हो तर के प्रमुख र शास्वत सत्य हो भने हाम्रै पूर्खाले अङ्गिकार गरेको र शताब्दी देखि बृहद सामुदायिक पहिचानको रुपमा हामी राई किराती हुदै आएको। केहि भड्काउ जन कै व्याख्यामा पनि राई पगरीको रुपमा हाम्रा पुर्खाहरुले बरण गरेका थिए भने पनि तत्कालिन शक्ति सन्तुलनबाट सामुदायिक शासकीय शक्तिको रुपमा यो हाम्रो पुर्खाले बरण गरे । लामो कालखण्डबाट शासकीय समुदायको पहिचान बोकेर स्वर्णिम इतिहास संग जोडिएर हिड्नमा के को कठिनाई छ र ? तर्क नै गर्ने हो भने पनि, पृथ्वी नारायण शाहको शासन काल भन्दा अगाडी नै राई लाई राजा मानिने भएकोले पगरी आफैमा एउटा ससम्मान हैसियतको धारण थियो भन्नु कठिनाई छैन। यो कुनै लज्जाबोध, हेय र बेइजती बिल्कुल थिएन बरु थोरै नै मान्ने हो भने पनि सामुदायिक शासकीय सम्झौता थियो । अत: बीर पुर्खाहरुलाई धिकार्दै भाई भडुवाको प्रवृतिबाट यति लामो काल खण्डबाटको बृहद पहिचानलाई इमान्दारहरुले गुमाउदैनौ । बरु पुर्खाको गर्व र गौरबले हामी राई होऔ र हाम्रो समग्र पहिचान राई नै हो ।

    • तपाइको कुरो एकदम राम्रो छ । इन्द्र कुलुङ जस्ता राई भित्रका किरा हरुले गर्दा हाम्रो गौरवाशाली थर राई को शंख्या र किरात धर्मवलम्बी को शंख्या वास्तब मा घट्दै गएको हो यस्तालाइ सामुदायिक बहिस्कार गर्नु पर्छ र जुन जुन समाज भित्र यस्ता अल्पज्ञानी भ्रष्ट बुद्धि भएका राई जातिका किराहरु छन तिनिहरुलाइ सामाजिक बहिस्कार गर्नु पर्छ । यदि यस्ता हरुलाइ बहिस्कार ,प्रतिकार र तिरस्कार नगरे हाम्रो पहिचान त अस्तित्व नै भोलि लोप भएर जान सक्छ ।

  5. दिलिप थुलुङ्ग JYU, TAPAIKO जस्तै अधिकांशको बंश थरको नाम राई नै छ। अहिले छ, हिजो थियो र पहिले पनि थिदै थियो। TYASO HO BHANE HAMRO BHANNU KEHI 6AIN. BUT ‘किरातीको बंशावलीमा विभिन्न थरको नाम…भएको उही राई नै हो’ BHANNE AADHAR & PRAMAN KE 6 ? & ‘केहि साल भने कसैले लेख्न थालेको हो उहिले त राई नै थियो’ BHANNE AADHAR & PRAMAN PANI KE 6 TA ? YADI बंशावलीमा राई 6 BHANE DEKHAUNOS, HAMILE BHETEKO 6AIN. & YADI ”राई !” JATI HO BHANE ‘ASALI’ “RAI !”HARULE KIN ‘RAITI’/’DHAKRE’ WA ‘JYAMI’/’JAMI’LAI KARBAHI GARTHE ? TATHYA & PRAMANSAHIT TARKA WA UDAHARAN DINUHOLA.
    पृथ्वी नारायण शाहको पालामा ”कुलुङ्ग”HARULE PANI ‘किपट’ & ‘पगरी’ पाYEKO 6. ”MAHA-KULUNG” ‘BHUMI’NAI 6. SO THAT …..,
    ‘POI’KO ‘RIS’LE …. BHANE JASTO GARNU BHANDA ASALI “RAI !”HARU & TYASTA “RAI !”KA ‘JETHO 6ORO’ JIUNDAI RAHEKOLE UNIHARUSANG RAMROSANGA SODH-KHOJ GARNOS,….
    JASTO ‘BHOJPUR’ ‘BOYA’KA DR. SHIVKUMAR “RAI !”, ‘BHOJPUR’KO ‘NAGI’, ‘ DILPA’, ‘ANNAPURNA’ 6ETRA ”52 PAGARI’ THULO …. “RAI !” PARSHURAM “RAI !” SANTANHARU JO ‘MUKARUNG KHALAK HUN, UNIHARU ‘KTM’MAI 6AN, TYASTAI
    SHANKHUWASHABHAKO ‘PANGMA GAU’KO 52 PAGARIKO THULO …”RAI !” GANGAPRASAD ”RAI !”KO JETHO 6ORO ‘BHAWANIPRASAD LOHORUNG’ & SHANKHUWASHABHAKAI ‘DHUPU GAU’KO ”AMALI RAI !” (KANUN HERNE) KO JETHO 6ORO DAMBER LOHORUNG PANI AHILE ‘KTM’MAI BAS6AN.
    HUNT … JYULE ‘PADHER COMMENT THOKEKO !’ BHAYE HUNTHYO, KINKI DHERAI KURO …6 TARA ….,

  6. दिलिप … ज्यु, … थाहा भएर पनि राई जात वा जाति नै हो ? भन्नेहरुसँग त केही लाग्दैन । जो जिन्दगीभरि नै कथित् राई जातिको नाममा खुलेको राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६ र काठमाण्डौ जिल्ला प्रशासन कार्यलय रजिस्टर्ड÷काजिप्रका दर्ता नम्बर–३२८÷०४९÷०५०) का हर्ताकर्ताहरुको ! यायोक्खाका (स्मरण रहोस्, यायोक्खा कुनै माईकालाल राईको भाषा नभएर बान्तावा जातिको भाषा हो ।) हर्ताकर्ता राई सर÷राईनी म्याडमहरुको ‘घ्यु बुढो’ वा ‘दुहुनो भैसीँ !’ भई रहने छन् ।
    … तर पनि तपाईहरुको भनाइअनुसार राई जात वा जाति नै हो भने, त्यो वेला हामी जस्ता सर्वसाधारण जनता अथवा रैती वा ढाक्रे र, अहिलेको भाषामा जनता भनिनेहरुले आप्mनो नामको पछाडि ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधराई’ लेख्दा असली ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधराई’हरुले “तैँले नपाएको ‘राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’, ‘चौधराईहरुले’ किन …. लेखिस् ? … भनेर किन आप्mना रैतीहरुलाई, असली राई लगायतहरुले नगद लगायत आर्थिक जरिवानाहरु गर्ने र ठिँगुरोमा हाल्ने गर्थे ? दिलिप … ज्यु, …लगायत राईवादी वा भनौं राई नै हुनुपर्छ भन्नेहरुले एकपटक राई’, ‘सुब्बा’, ‘मुखिया’, ‘देवान’ दिवानबाट आएको शब्द हो, ‘चौधराई’ हाल चौधरी लेख्छन्, मीर सुब्बा, काजी, चौतरीया, उमराव, बैठके, हुक्के, बिचारी, डिठ्ठा, थरी, मुन्सी, कारबारी, लेखनदास, प्रधानमन्त्री, सिपाही, पियोन वा पिउन, कार्यलय सहयोगी, कुचीकार, उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, सहायकमन्त्री, प्रधानन्यायाधीश, न्यायाधीश, ओकिल वा वकिल, प्रहरी महानिरिक्षक, प्रधान सेनापति, के हो ? सोधखोज गर्ने कष्ट गरे बेस्ट हुन्थ्यो कि ?
    त्यसैले अबदेखि दिलिप … लगायत अन्य राईवादीहरुले ‘राई !’को वकालत गर्दा ‘राई !’को वंंश को हो ? राईको ऐतिहासिक भूमि कहाँ हो ? राईको इतिहास कति लामो छ ? राई लेख्दा रैती वा ढाक्रेहरुलाई असली राई अर्थात जिम्मावाल वा तालुकदार भनिने राईहरुले किन कारबाही गर्थे ? त्यस्तै राईको मौलिक भेषभुषा के हो ?, राईको मातृभाषा कुन हो ? राईको मातृभाषा कस्तो हुन्छ ? राईको रहनसहन,रीतिथिति, चालचलन, परम्परागत कानुन आदि के हो ? तथ्य, सवुद, प्रमाणसहित देखाउनुहोस्, राईको भनेर कुलुङको, … को, … को भेषभुषा, भाषा, संस्कार, संस्कृति, रहनसहन आदि देखाउनु होला ।
    नत्र भने जानेर वा नजानेर आप्mनो असली जातीय स्वपहिचान गुमाउने भनेको तपाईहरु नै हो ?, त्यसपछि तपाईहरुको छोरा, नातिकै पालामा त नभनौं, तर पनाति, जनाति, खनाति, …, …, पालामा अवश्य पनि तपाई हाम्रो सन्ततिले … छन् । अहिले त तपाईहरु जस्ता मान्छेहरु जानेर वा नजानेर (राईवाला सर÷म्यामडहरु, तपाईँहरु जानाजान) कथित् राई ! जातिको नाममा खुलेको राई ! यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६ र काठमाण्डौ जिल्ला प्रशासन कार्यलय रजिस्टर्ड÷काजिप्रका दर्ता नम्बर–३२८÷०४९÷०५०) का हर्ताकर्ता राई सर÷राईनी म्याडमहरुको समर्थनमा रहँदा वा राईको वकालत गर्दा कथित् राई ! जातिको नाममा खुलेको राई ! यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६ र काठमाण्डौ जिल्ला प्रशासन कार्यलय रजिस्टर्ड÷काजिप्रका दर्ता नम्बर–३२८÷०४९÷०५०) का हर्ताकर्ता राई सर÷राईनी म्याडमहरुका लागि खुदो पल्टेको छ ।
    तर, तपाईँहरु जानेर वा नजानेर कहिलेसम्म कथित् राई जातिको नाममा खुलेको राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६ र काठमाण्डौ जिल्ला प्रशासन कार्यलय रजिस्टर्ड÷काजिप्रका दर्ता नम्बर–३२८÷०४९÷०५०) का हर्ताकर्ताहरुको ! यायोक्खाका (स्मरण रहोस्, यायोक्खा कुनै माईकालाल राईको भाषा नभएर बान्तावा जातिको भाषा हो ।) हर्ताकर्ता राई सर÷राईनी म्याडमहरुको ‘घ्यु बुढो’ वा ‘दुहुनो भैसीँ !’ भई रहनु हुन्छ ? कि कसौ हौ राईवादी राई सर राईनी म्याडमहरु ???????……

  7. हामी ‘कुलुङ’हरुले बुझ्नु पर्ने केही महत्वपूर्ण कुरोहरु

    कुलुङप्रति ‘राई !’ यायोक्खाले लगाएको गुण (अव गुणहरु !) हरु यस्ता छन्ः
    आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान (आजउराप्र) ऐन–२०५८ अनुसार र अन्तर्राष्ट्रिय कानूनको आधारमा कुलुङ जातिको सूचीकरण हुने आधार हुँदाहँुदै सूचीकरणबाट बञ्चित गराउन सधैं बाधा गर्यो । यसबाट कुलुङलाई निम्नानुसार घाटा पुगेको छ ः
    १) कुलुङहरु राज्यको श्रोत–साधनको पहँुचबाट बञ्चित भए ।
    २) राज्यको सहयोगमा आफ्नो मातृभाषा, संस्कार, संस्कृति, रीतिरिवाज आदि विकास गर्न पाईनेमा राई भन्नेहरुको अवरोधका कारण कुलुङहरु आफ्नो मातृभाषा, संस्कार, संस्कृति, रीतिरिवाज आदि विकास गर्न वञ्चित हुनु परयो । स्मरण रहोस्, कुलुङहरुले आप्mनो संस्कार, संस्कृति आदिको खोज गर्न विसं २०५९÷०६० मा (आजउराप्र) मा प्रस्ताव पेश गरेर प्राप्त गरेको रकमसमेत ‘राई !’ यायोक्खाले उसको अधीनको कुरो ! भनी प्रतिष्ठानबाट जबरजस्ती आफले लगेर दुरुपयोग गरेको थियो ।
    ३) ‘राई !’ यायोक्खाले राईकरणको मारमा परेका कुलुङ लगायत अन्य किराती जातिका प्रत्येक सूचीकृत जातिका विद्यार्थीहरुले पाउने छात्रवृत्तिबाट समेत बञ्चित गराए ।
    ४) प्रत्येक सूचीकृत जातिले आफ्ना संस्थागत विकासका लागि पाउने सुविधा (कार्यलय सञ्चालन खर्च÷भाढा, कार्यलयमा चाहिने सामग्रीहरु जस्तै कम्प्युटर, टेलिफोन, दराज, टेवल, कुर्सी लगायत) लगायत नेपाल सरकारले समय–समय दिने विभिन्न आय–मूलक तालिमहरु पाउनबाट पनि वञ्चित गरायो ।
    ५) त्यस्तै ‘राई !’ यायोक्खाले राईकरणको मारमा परेका कुलुङ लगायत अन्य किराती जातिका प्रत्येक अति गरीब तथा विपन्न परिवारका लागि आर्थिक विकास गर्ने कार्यक्रम, सीप विकास, उद्धम विकास आदिबाट बञ्चित गराएको थियो÷छ । अझ शुरुका दिनमा त वैदेशिक रोजगारीमा जानका लागि नेपाल सरकारले ऋण सहुलियतसमेत दिने गरेको थियो । सोे अवसरबबाट समेत ‘राई !’ यायोक्खाले राईकरणको मारमा परेका कुलुङ लगायत अन्य किराती जातिका प्रत्येक वञ्चित थियो ।
    ६) राष्ट्रिय संग्राहलयको लागि राज्यले उपलव्ध गराउने स्थान र जमीन प्राप्त गर्नबाट पनि कुलुङ लगायत अन्य किराती जातिलाई बञ्चित गराएको थियो÷छ ।
    ७) आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान (आजउराप्र) र आदिवासी जनजाति महासंघमा सहभागी हुनबाट कुलुङ लगायत अन्य किराती जातिलाई बञ्चित गराएको थियो÷छ । यसबाट कुलुङ लगायत अन्य किराती जातिलाई निर्णय प्रकृयामा पुग्ने अवसर, नेतृत्व विकास गर्ने अवसर र विभिन्न जातीय संघ–संस्थाहरुसँग सहकार्य गरी काम गर्ने अवसरबाट बञ्चित गराएको थियो÷छ ।

  8. ८) ‘राई !’ यायोक्खाले यसरी राज्यको सेवा सुविधाबाट त वञ्चित गरायो नै, कुलुङहरुले आफ्नै श्रम र लगानीमा तयार पारेको कुलुङ भाषाको पाठ्य–पुस्तक ‘सक्सोहर’ छाप्न सरकारलाई निवेदन गरेकोमा सो कार्यमा समेत बाधा–व्यवधान खडा गरेर छाप्न दिएन । यो विसं २०६०÷०६१ ताकाको कुरो । यसरी हेर्दा विसं २०६१ सालदेखि कुलुङ भाषाको पढाई हुनेमा ‘राई !’ यायोक्खाका हर्ताकर्ताहरुका अवरोधका कारण हामी कुलुङहरुले लामो समयसम्म लडाई लड्नु÷गर्नु परयो । अन्ततः हामी कुलुङहरुको जीत भै विसं २०६९ देखि कुलुङ भाषाको पाठ्य–क्रम तयार भई प्रकाशन र पढाई सुचारु गर्न सफल भइयो ।
    ९) अभैm पनि ‘राई !’ यायोक्खाका हर्ताकर्ताहरुले कुलुङ लगायत किरातीहरुलाई सकेसम्म नेपाल सरकार, विभिन्न संघ–संस्था, राजनीतिक क्षेत्र आदिबाट पाउने श्रोत–साधन र अवसरमा बाधा गरी पहँुचबाट वञ्चित गरेको छ ।
    १०ं) हामी कुलुङहरुको हक–अधिकार, जातीय स्वपहिचानका लागि लागीपर्ने सबैलाई जहाँ भेट्यो त्यही हप्कीदप्की गर्ने, बौद्घिक र तथ्य–प्रमाणसहित तर्कसंगत ढंगले बहस गर्न नसकेर हात हाल्न जाई लाग्ने (मुढे–बल देखाउने !) जस्ता अति नीच र निम्छरो कार्य गर्ने (‘राई !’ यायोक्खाका तत्कालीन अध्यक्ष ‘एमबीई’ कुलबहादुर राई र सुमाया राईहरु) गर्थे । कतिसम्म भने, ‘–‘कुलुङे ढाक्रे !’ हरु दुई पैसामा नबिक्ने, अहिले दुई–चारजना ‘कुलुङे ढाक्रे !’ हरु सहरबजारमा आएर फुईँ लाउने ? मेरो जिन्दगीभरि कमाई गरेको सम्पत्तिले कुलुङेलाई नै किनेर कुलुङेलाई नै ठीक पार्छु !’ भनेर भन्ने ‘राई !’ यायोक्खाका तत्कालीन अध्यक्ष ‘एमबीई’ कुलबहादुर राई नै अहिले आएर राई यायोक्खालाई एक सुको पनि सहयोग गर्दैनन् । किन ? तर, केही बिकाऊ कुलुङहरुलाई भने, अभैm पनि प्रलोभनमा पारेर, फेटा गुथाउने गरेका छन् । अहिलेसम्म पनि सोझा–साझा कुलुङहरुलाई फकाउने, झुक्याउने र भ्रममा पार्ने र, कुलुङहरुको विरुद्घ कुलुङ नै परिचालन गरिरहेको अवस्था पनि हो÷छ ।
    ११) वास्तवमा कुलुङहरु उत्पत्ति–थलो अर्थात् ऐतिहासिक भूमि, आफ्नै मातृभाषा, आप्mनो छुटटै जातीय पोशाक (भेषभुषा) संस्कार, संस्कृति, परम्परागत कानून, रहनसहन, चालचलन आदि भएको जाति हो । तर पनि ‘राई !’ यायोक्खाका हर्ताकर्ताहरुले हामी कुलुङहरुलाई अहिलेसम्म एक हुन र सूचीकृत हुन दिएको छैन । सास रहेसम्म आश ! भनेभैmँ अहिलेसम्म उसले वाधा गरी रहेको छ । अझ केही कुलुङहरुलाई त फेटा गुथाएर र, अलिकति रुपैँया (१० हजार नगदको मदनश्वरी राई पुरस्कार) दिएर ‘कुलुङहरुलाई फुटाउन सफल भईयो !’ भन्ने सम्झेर मुत–मूतको न्यानोमा रमाए । तर, ती ‘भ’ बाट नाम आउने कुलुङहरुको ‘कुलङ्घार !’ लाई अहिले अधिकांश कुलुङहरुको बहुल जनसंख्या भएको क्षेत्रबाट किन लखेट्छन ?, किन वास बस्न पनि दिँदैनन् ? किन उनलाई ‘एक पटकलाई आई हाल्यौ, अबदेखि नआउनु ! भनी सम्झाएर पठाउँछन् ?, जबकि पहिले–पहिले ती ‘भ’ बाट नाम आउने कुलुङहरुको ‘कुलङ्घार !’ लाई हाम्रा सोझा–सीधा कुलुङहरुले स–सम्मान र मान–मनितो गरेर मेजमान गर्ने, वास दिने र बाटो खर्च समेत दिने गर्थे । तर, अहिले उनलाई …
    १२) हुन त, अहिले आएर ‘राई !’ यायोक्खाका हर्ताकर्ताहरुले गरेको तमाम खाले हर्कतहरु स्थानीयस्तरका कुलुङहरु लगातय अन्य किरातीहरुले यसबारे धेरै बुझेका छन्, बुभ्mदैछन् । अझै पनि धेरै मानिसहरु, खासगरी राईकरणमा परेका कुलुङ लगायत किरातीहरु अनविज्ञ ने रहेको सत्य हो । तर, खूशीको कुरो के छ भने, उनीहरुले पनि भर्खर–भर्खर बुझ्न लागेको अवस्था छ । यसले गर्दा राई के हो ? भन्ने बारेमा वास्तविकता नबुझेको कुलुङहरु र अन्य किरातीहरुलाई ‘राई !’ यायोक्खाका हर्ताकर्ताहरुले ‘–‘सूचीकरण हुनु हँुदैन, राई फुट्छ !’ भन्दै सोझा–साझा र नबुझेका किरातीहरुलाई झुक्याउने, उचाल्ने र ‘घ्यु ढुंग्रो’ वा भनौं ‘दुहुनो भैंसी’ बनाई रहने चालबाट आपैm वञ्चित भई रहेको छ । अरुले जे भन्यो त्यही मान्ने, उसैको पछि लाग्ने बानी परिसकेका हामी किरातीहरु सायद अब प्रतिष्ठान खारेज भएपछि (आदिवासी जनजाति आयोग गठन भएपछि) र, सबै अवसरहरु सकिएपछि बल्ल व्यँुंझन्छौंं कि ?! …

    नोटः माथि उल्लेखित कुरोहरुबारे थप जानकारी तथा आधार, प्रमाण र दस्तावेजहरु आवश्यक परे कुलुङ संघ (कूलू गूसखोम) मा सम्पर्क गर्नु होला ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here