काठमाडौं उपत्यकामा सामान बिक्रीवितरण गर्दै आएको एक होलसेल पसलले ठूलो मात्रामा म्याद गुज्रिएको खाद्य सामग्री बिक्री गरेको पाइएको छ ।

आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले गरेको बजार अनुगमनका क्रममा कालिमाटीको एएसपी कम्पनी प्रालिले म्याद गुज्रिएको खाद्यान्न सामग्रीमा नयाँमिति टाँसेर सप्लाई गरेको भेटिएको छ ।

अनुगमनका क्रममा ३ करोड १५ लाख रूपैयाँबराबरको म्याद गुज्रिएको खाद्यान्न बरामद भएको छ ।

बरामद भएको खाद्यान्नमा चामल, तेल, पिठो, घिउ, अचार, दाललगायत छन् । प्रहरीले होलसेल पसल सिल गरेको छ ।

प्रहरीका अनुसार उक्त कम्पनीले काठमाडौं उपत्यकाभरका खुद्रा खाद्यान्न पसलमा उपभोग्य सामान आपूर्ति गर्दै आएको छ ।

अनुगमनका क्रममा दुई वर्षअघि नै म्याद सकिएको वस्तु पनि बिक्री गरेको भेटिएको छ । पुरानो उपभोग मिति मेटाएर नयाँ मिति उल्लेख गरी सामान बेच्ने काम भएको भेटिएको हो । नागरिक दैनिकबाट

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here