गायिका प्रमिला राई दर्शक श्राेता माझ ‘रुप मेरो’ बाेलकाे म्युजिक भिडियो लिएर आएकी छन् । उक्त गीत गायिका राईकै युट्युब च्यानलबाट सार्वजनिक गरिएकाे छ ।

सञ्जिव सिंहको शब्द/संगीत रहेकाे यस गीतमा दिनेश श्रेष्ठले एरेन्ज गरेका छन् ।

भिडियोमा स्वयं गायिका र  गायक प्रताप दासको अभिनय रहेको छ । प्रविन राईको निर्देशन रहेको यस भिडियोमा गायिका राई प्रतापको एकतर्फी मायामा परेको देख्न सकिन्छ ।

गायिका राई नेपाल आइडलबाट चिनिएकी प्रतिभाशाली गायिका हुन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here