उपत्यकाको सुरक्षा जिम्मेवारीसम्बन्धी कानुनी व्यवस्था स्पष्ट भएसँगै प्रहरी समायोजनको प्रक्रिया अब अगाडि बढ्ने भएको छ ।

सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिस अनुसार नेपाल प्रहरी तथा प्रदेश प्रहरीको कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वयसम्बन्धी अध्यादेश जारी गर्नुभएसँगै सुरक्षा जिम्मेवारीको विषय टुङ्गिएको हो ।

अध्यादेशले ऐन संशोधन गरेको छ । जसअनुसार काठमाडौँ, भक्तपुर र ललितपुरको सुरक्षा जिम्मेवारी नेपाल प्रहरीले पाउनेछ ।

उपत्यकाको सुरक्षा जिम्मेवारीको विषयमा विवाद हुँदा प्रहरी समायोजनको प्रक्रिया रोकिएको थियो । विधेयकले उक्त विषय सम्बोधन गरेसँगै समायोजनको प्र्रक्रिया समेत अब अघि बढ्नेछ । समायोजन विधेयक पारित भएको लामो समय भए पनि विवादका कारण प्रक्रिया अघि बढेको थिएन ।

अध्यादेश अनुसार मूल ऐनको दफा १०(क) थप गरिएको छ । जसमा भनिएको छ, ‘दफा ८ र ९ मा जुनसुकै कुरा लेखिएको भए तापनि काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा प्रदेश प्रहरीको काम, कर्तव्य र अधिकारको प्रयोग तथा प्रदेश प्रहरीले अनुसन्धान गर्ने कसुरको अनुसन्धानसमेत नेपाल प्रहरीले गर्नेछ ।’ गाेरखापत्र दैनिक

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here