पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै ६४९ जनामा संक्रमण पुष्टि भएको छ ।

ललितपुरमा १३२ र भक्तपुरमा ३६ जनामा कोरोना संक्रमण भएकाे छ ।

उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो । यसैगरी उत्यकामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुरकी १ महिला रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here