नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३५१ जनामा कोरोना पुष्टि भएकाे छ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएका १० हजार ८० जनाको पिसिआर परीक्षणमा १ हजार ३५१ जनामा कोरोना देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कूल संक्रमितकाे संख्या ७४ हजार ७४५ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ७४२ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ५४ हजार ६४० पुगेको छ ।

देशभर हाल १९ हजार ६२४ जना सक्रिय संक्रमित रहेकाे रहेको मन्त्रालयले जनाएको छ । त्यसैगरी क्वारेन्टिनमा ६ हजार ३१० जना छन् ।

पछिल्लो २४ घण्टामा ४ जना कोरोना संक्रमितकाे मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेकाे संख्या ४८१ पुगेको छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here