लोकप्रिय अमेरिकी फेसन डिजाइनर तथा इन्स्टाग्राम ब्लगर किर्जिदा रोड्रिग्जको दुई वर्षअघि ४० वर्षको उमेरमा पेटको क्यान्सरबाट निधन भएको थियो ।

उनले १० महिनासम्म क्यान्सरसित लडाईँ गरिन् । अन्तमा आफ्नाे मृत्यु हुने बेला उनले केही मनछुने नोट लेखेकी थिइन् ।
हाल उक्त नोट नेपालीमा उल्था गरी सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले सेयर गरिरहेका छन् । जुन हामीले यहाँ राखेका छौ ।

१) दुनियाँको सबैभन्दा महंगो ब्राण्डका कारहरू मेरो ग्यारेजमा त्यसै थन्किएका छन् तर मलाई भने ह्विलचेयरको प्रयोग गरिरहनु परेको छ ।

२) मेरो घर अनेकौं डिजाइनका कपडा, जुत्ता, महँगा सरसामानले भरिएको छ तर मेरो शरीर भने अस्पतालले दिएको एउटा छोटो पछ्यौरीले मात्र ढाकिएको छ ।

३) बैंकमा मेरो खाताहरूमा रहेको पैसा मेरो पैसा हुन् तर अब त्यो पैसा मेरो लागि कुनै कामको छैन ।

४) मेरो घर एक महल झैं छ तर म अस्पतालमा एक सानो आकारको बिस्तरामा पल्टिरहेको छु ।

५) म एक फाइव स्टार होटलबाट अर्को फाइव स्टार होटलहरूमा जाने गर्थें तर अब म आफ्नो समय अस्पतालमा एक प्रयोगशालाबाट दोस्रो प्रयोगशालामा जानका लागि बिताइरहेकी छु ।

६) मैले सयौं मानिसहरूलाई अटोग्राफ दिएकी छु तर आज डाक्टरहरूको प्रेस्क्रिप्शन नै मेरो लागि अटोग्राफ भएको छ ।

७) मेरो कपाललाई सजाउनको लागि मसँग सातजना ब्यूटीशियनहरू थिए तर आज मेरो टाउकोमा एउटा पनि कपाल छैन ।

८) म एक निजी जेटमा जहाँ चाहे त्यहाँ उड्न सक्थें तर अब मलाई अस्पतालको बरण्डामा जानको लागि पनि दुईजना मानिसहरू सहयोग लिनु पर्छ ।

९) विश्वमा कयौं प्रकारका खाद्यान्नहरूमा मेरो पहुँच छ तर अहिले मेरो आहार दिनमा दुई गोली र रातमा दुई थोपा तितो औषधि मात्र रहेको छ ।

यो घर, यो कार, यो जेट, यो फर्निचर, यति धेरै बैंक खाताहरू, यति धेरै प्रतिष्ठा र प्रसिद्धि, यिनीहरु अब मेरो लागि कुनै कामका छैनन् । यी मध्ये कुनैले पनि मलाई थोरै भए पनि आराम दिन सक्दैनन् । यिनीहरूले केवल दिन सक्छन् त केही प्यारा मानिसहरूको अनुहार र उनीहरूको स्पर्श ! साथीहरु, मृत्यु भन्दा अधिक सत्य केही पनि छैन अनि किन गर्छन् मान्छेहरू सम्पत्ति र पदको घमण्ड ?

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here