प्रदेश नं २ को सरकारले प्रदेशमा प्राविधिक कर्मचारी भर्नाको बाटो खुल्ला गरेको छ ।

आज बसेकाे मन्त्रिपरिषद् बैठकले प्रदेश लोकसेवा आयोगलाई स्वास्थ्य र इन्जिनियरिङ सेवामा सातौं तहसम्मको भर्ना लिन स्वीकृति दिएको छ ।

प्रदेश निजामित सेवा ऐन पारित नभएसम्मको लागि संघीय ऐनलाई नै टेकेर इन्जिनियर र चिकित्सक भर्ना गर्न स्वीकृति दिएको हाे ।

त्यसैगरी बैठकले लोकसेवा आयोगको ओएनएम पारित गर्नुका साथै लोकसेवाको सचिवमा काम काज गर्न आन्तरिक मामिला मन्त्रालयका सचिव विरेन्द्रकुमार यादवलाई जिम्मेवारी दिएको छ ।

कोरोना महामारीमा प्रदेशमा चिकित्सकको आभाव र विकास निर्माणका लागि इन्जिनियर भर्ना गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै प्रदेश सरकारले दुबै क्षेत्रमा स्थायी नियुक्तिको प्रक्रिया सुरु गरेको हाे ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here