कर्णाली प्रदेशको आठविसकोट नगरपालिका वडा नं १२ मा नेत्रविक्रम चन्द विप्लव, नेपाली कांग्रेस र नेकपाका कार्यकर्ताहरु जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन् ।

आइतबार विप्लव नेकपाका दिपक गिरीको नेतृत्वमा ४ जना, कांग्रेसका युनान ओलीको नेतृत्वमा ६ जना र नेकपाका सुनिलकुमार बराइलीको नेतृत्वमा १३ जना कार्यकर्ताहरु पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका हुन् ।

उनीहरुले देशमा सत्य र न्याय हराउँदै गएकोले वैकल्कि राजनीतिक शक्तिको आवश्यकता महशुस गरेर आफूहरु जसपामा प्रवेश गरेको बताएका थिए ।

जसपाले बोकेको समानुपातिक समावेशी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख लगायतको मुद्दा मन परेर आपूmहरु प्रवेश गरेको उनीहरुको भनाइ छ ।

जसपाको वडा समिति अध्यक्ष इन्द्रकमल घर्ती मगरको अध्यक्षतामा भएको उक्त कार्यक्रममा जसपा कर्णाली प्रदेश समिति सदस्य अर्जुन विक प्रमुख अतिथि थिए भने रुकुम पश्चिम जिल्ला समन्वय समितिका सदस्य गणेश विक, अन्तरिम नगर समिति अध्यक्ष विवेक ओली विशेष अतिथि थिए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here