नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ५७३ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घण्टामा १० हजार १२३ जनाको पिसीआर परीक्षण गर्दा १ हजार ५७३ जनामा कोरोना पुष्टि भएको जनाएकाे छ ।

यो सँगै नेपालमा कुल संक्रमितकाे संख्या ७३ हजार ३९४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या ८८५ रहेको छ । हालसम्म ५३ हजार ८९८ जना निको भई घर फर्किएका छन् ।

नेपालमा सक्रिय संक्रमितकाे संख्या १९ हजार १९ रहेको मन्त्रालयले जनाएको छ । क्वारन्टिनमा ६ हजार २८१ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा १० कोरोना संक्रमितकाे मृत्यु भएको छ । यो सँगै काेराेनाबाट मृत्यु हुनेकाे संख्या ४७७ पुगेको छ ।

हाम्राे युट्युब च्यानल सब्स्क्राइभ गरिदिनुहाेला

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here