लिम्चिङबुङ गाउँपालिकामा जनता समाजवादी पार्टी (जसपा) समिति समायोजन गरिएको छ । छत्रबहादुर राईको अध्यक्षतामा २५ सदस्यीय गाउँ समिति घोषणा गरिएको छ ।

समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबिच एकता भएपछि हिजो लिम्चिङबुङको समिति समायोजन गरिएको हो ।

समितिको उपाध्यक्षमा लोकेन्द्र केसी, कोषाध्यक्षमा श्यामकुमार राई, सचिवमा तिमराज राई र उपसचिवमा मिनबहादुर राई रहेका छन् ।

उदयपुरमा राहुल यादवको अध्यक्षतामा समायोजन कार्यदल बनेको थियो ।

समायोजन घोषणा कार्यक्रममा कार्यदल अध्यक्ष यादवसहित सदस्य घनश्याम कटुवाल, हस्तशोभा राई, सिद्धान्त राई, समाजवादी पार्टी जिल्ला समन्वय समितिका अध्यक्ष केशबहादुर मगर उपस्थित थिए ।

हाम्राे युट्युब च्यानल सब्स्क्राइभ गर्नुहाेला ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here