बलिउड अभिनेत्री पुनम पाण्डेले केही दिनअघि मात्र गुपचुप तरिकाले आफ्नाे प्रेमी सैम बम्बेसँग विवाह गरेकी थिइन् । तर हाल यति चाडै दुई जनाबिच विवाद भएकाे छ ।

पाण्डेले विवाह गरेकाे करिब २ सातापछि श्रीमान् बम्बेविरुद्ध मुद्दा हालेकी भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पाण्डेका अनुसार बम्बेले उनीमाथि कुटपिट गरेका छन् । पाण्डेको उजुरीपछि सैमलाई गोवाबाट प्रहरीले गिरफ्तार गरेकाे छ ।

३६ वर्षीय सैम बम्बे एड फिल्म निर्माता हुन् । उनले अक्षय कुमार, रणबीर कपूर, दीपिका पादुकोण, जैकलीन फर्नान्डिज, तमन्नाह भाटिया, अल्लू अर्जुन र अन्य चर्चित फिल्मस्टार्ससँगको प्रोजेक्टमा काम गरिसकेका छन् ।

हाम्राे युट्युब च्यानल सब्स्क्राइभ गरिदिनुहाेला ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here