प्रधानमन्त्री केपी शर्मा ओलीले आज मध्यान्न १२ बजे आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । महिला तथा बालबालिका मन्त्री पार्वत गुरुङले आकस्मि रुपमा मन्त्रिपरिषद् बैठक बोलाइएको बताए ।

तर बैठकको एजेन्डाबारे केही बताइएको छैन । मन्त्रिपरिषद् पुनर्गठनको तयारी भइरहेको बेला बोलाइएको यो बैठकलाई महत्वका साथ हेरिएको छ ।

मन्त्रिपरिषद् पुनर्गठनका लागि नेकपाका अध्यक्ष समेत रहेको प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबिच सहमति भइसकेको छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here