उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले दक्षिण कोरियाली नागरिकको हत्या गरिएको घटनामा माफी मागेका छन् ।

किमले दक्षिण कोरियाली नागरिककाे हत्या गरेको विषयमा माफी मागेको दक्षिण कोरियाको राष्ट्रपति कार्यालयले जनाएको छ ।

किमले दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनसँग कुराकानी गर्दै उक्त घटनामा माफी मागेकाे बिबिसीले उल्लेख गरेकाे छ ।

दक्षिण कोरियाली अधिकारीका अनुसार हालै ४७ वर्षीय दक्षिण कोरियाली नागरिक देश छोडेर उत्तर कोरियातिर भागिरहेका थिए । उनी डुंगा चढेर उत्तर कोरियाको समुद्री क्षेत्रमा पुगे । तर उनलाई उत्तर कोरियाकाे सेनाले गोली हानी हत्या गरेकाे थियाे ।

कोरोना भाइरस महामारी फैलिएपछि उत्तर कोरियाले सीमानामा कडा नियम लागू गरेको बिबिसीले लेखेको छ ।

कोरोना फैलन नदिन उत्तर कोरियाले सीमा क्षेत्रबाट अवैध रुपमा छिर्नेलाई गोली हान्ने आदेश दिएको छ ।

हाम्राे युट्युब च्यानल सब्स्क्राइभ गरिदिनुहाेला ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here