डा. गोविन्द केसीले आफ्नाे माग सामान्य भएको पूरा गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेका डा. केसीले शुक्रबार एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीसँग यस्तो आग्रह गरेका हुन् ।

केसीले भनेका छन्, ‘यो साधारण माग हो, धेरै त सम्झौता पनि भइसकेको छ, यसलाई पूरा गरिदिनूस् ।’

उनले माग सम्बोधन नगर्ने हो भने आफ्नो सत्याग्रह जारी रहने प्रष्ट पारेका छन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here