नेपालमा पछिल्लाे २४ घण्टामा २ हजार बढीमा कोरोना संक्रमण पुष्टि भएको छ। एकैदिन २ हजार बढी संक्रमित थपिएकाे याे पहिलाे हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ हजार २० संक्रमित थपिएका छन् ।

याेसँगै देशभर काेराेना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८७१ जना कोरोनाबाट निकाे भएका छन् । याेसँगै काेराेनाबाट निकाे हुनेकाे संख्या संख्या ४३ हजार ८२० पुगेको छ ।

हाल देशभर १७ हजार ३८३ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै यस दिन मृतक थप ७ जनामा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म मृतक ३ सय ९० जनामा कोरोना देखिएको छ।

यस दिन ११ हजार ४५८ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ८ लाख ९४ हजार जनाको पिसिआर परीक्षण भएको छ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here