चर्चित गायक राजेश पायल राई र नवगायिका भीमा राईको स्वरमा रहेको पुर्वेली भाकामा आधारित गीत ‘ओठमा लाली’को म्युजिक भिडियो सार्वजनिक गरिएकाे छ ।

प्रेमिल शैलीको यस गीतमा उमेशराज खड्काको शब्द र संगीत रहेको छ । बिक्रम कार्कीले यस गीतलाई संगीत संयोजन गरेका हुन् ।

म्युजिक भिडियोमा दिपेश राई, भीमा राई र बिष्णु मगरको अभिनय रहेकाे छ । मणि राईले कोरियोग्राफी गरेको भिडियोलाई नितेश लामा (नियोन)ले छायांकन तथा सम्पादन गरेका हुन् ।

देवानके राई र मन्जु राईको लगानी रहेको यस भिडियोलाई चक्र पुलामीको निर्देशनमा तयार पारिएको हो ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here