प्रजातन्त्र पुनर्स्थापनाका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २३औँ स्मृति दिवस आज शुक्रबार मनाइँदै छ ।

नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा परिचित सिंहले विसं २०४६ को जनआन्दोलन सफलपश्चात् तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको आग्रहमा नेता कृष्णप्रसाद भट्टराईलाई अघि सारेका थिए ।

उनले प्रधानमन्त्रीकाे पद अस्वीकार गरेका थिए । याे उनकाे त्यागकाे उदाहरण थियाे ।

विसं १९७२ कात्तिक २४ गते काठमाडौंको खानदानी परिवारमा जन्मिएका गणेशमान सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा सक्रिय थिए ।

नेता सिंहको २३औँ स्मृति दिवसका अवसरमा आज कांग्रेस केन्द्रीय सूचना तथा सञ्चार विभाग, बिपी कोइराला युवा नेतृत्व विकास मञ्चलगायत पार्टी र यसका भ्रातृ एवं शुभेच्छुक सङ्घ संस्थाले विविध कार्यक्रम गरी देशभर मनाउँदै छन् ।

कोरोना भाइरसको संक्रमण कारण कार्यक्रम जुम प्रविधिबाट गर्ने तयारी भएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।

राणा शासन अन्त्य गर्ने अभियानमा लागेपछि सिंह लगायतलाई तत्कालीन सरकारले जेल हाल्यो । विसं २००७ अघि नै भद्रगोल जेल फोरेर भाग्न सफल भएका सिंह प्रवास जानुअघि नै तत्कालीन राणा हटाऊ आन्दोलनमा सक्रिय भएका थिए ।

जेलबाट भागेर भारतमा पुगी उनले अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरे । केही सहयोगीका साथ २००३ सालमा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई आजीवन जुझारू नेतृत्व दिन पनि गणेशमानको उल्लेखनीय भूमिका छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here