सन् २०२० मा फेस मास्क दैनिक जिवनको एक अभिन्न अंश बनेकाे छ । विद्यालय, कलेज जस्ता सार्वजनिक स्थल र यात्रामा यही मास्क कोभिड-१९ को भाइरस रोक्न कति सक्षम छ भन्ने सोच सबैका दिमागमा आउँछ । त्यसैले फेस मास्क प्रयोग गर्नु पछाडिका केही बैज्ञानिक आधारबारे जानकारी राख्नु राम्राे हुन्छ ।

सन् २०१९ मा पहिलो पटक कोरोना भाइरस रोग (१) बुझाउने कोभिड-१९ सार्स – कोभ – २ नामक भाइरसबाट लाग्ने तथ्य पत्ता लागेको थियो । यसको संक्रमणबाट श्वास प्रशवास सम्बन्धी गम्भीर समस्या, ज्वरो, खोकी, मांशपेशीको दुखाई र थकान लगायतका थुप्रै लक्षण देखा पर्दछ ।

श्वास, खोकी वा हाच्छुँय गर्दा निस्कने तरल पदार्थको छिटाको कारण यो मानिसबाट मानिसमा सर्ने गर्दछ । यस्ता छिटा ठूलो भन्दा साना आकारका हावाको माध्यममा टाढा सम्म फैलिने संभावना बढी हुन्छ । यस्ता वाष्पीय कणहरु निकै साना हुने भएकाले त्यसमा मिसिएका भाइरस पनि त्यति बलियो नहुने भन्ने विवादास्पद सोच पनि रहेको छ । तर यी कण सजिलै शासमार्फत फोक्सोमा पुग्ने र भाइरस संक्रमण गर्ने संभावना अझ धेरै रहने बताइएको छ ।

यस्ता कणहरुको संवाहनका कारण बैज्ञानिकहरुले पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) प्रतिरक्षा क्षमता राम्राे बुझ्न सकेका छैनन् । अन्य अचल वस्तुहरु जस्तै ढोकाका चुकुल, कलम, मेचमा रहेका वाष्पीय कणहरुका कारण पनि भाइरस सर्न सक्छ । अहिलेसम्मको अध्ययनबाट प्लाष्टिक तथा काँचका सतहमा यस्ता वाष्प कण ३ देखि ७२ घण्टासम्म सक्रिय अवस्थामा रहन सक्छन् ।

तर, त्यसमा रहेको भाइरल लोडलाई जति कम गराउन सकिन्छ उति नै कोभिड-१९ संक्रमणको संभावना कम रहने बताइएको छ । संक्रमणबाट बच्न सबैभन्दा बढी फेस मास्कको प्रयोग भइरहेको छ । अमेरिकामा तीन प्रकारका मास्क १ घरमै बनाइएका मास्क, २ सर्जिकल मास्क र ३ एन- ९५ मास्क प्रयोग भइरहेका छन् ।

मास्कले संक्रमित पानीय छिटा अरुबाट आफूमा र आफूबाट अरुमा पुग्नबाट रोक्न सकिन्छ । अध्ययन अनुसनधानबाट घरमै बनाइएका मास्क भन्दा सर्जिकल मास्क २ देखि ३ गुणा बढी प्रभाबकारी छन् । यसैगरी एन-९५ र एफएफपि-२ (युरोपको अमेरिकी एन-९५ सरहका मास्क) भने घरमै निर्मित मास्कभन्दा करिव ५० र सर्जिकल मास्क भन्दा २५ गुणा प्रभाबकारी रहेका छन् ।

तर कुनै पनि मास्कले संक्रमणबाट जोगाउने पूर्ण ग्यारेन्टी नदिने भएकाले सामाजिक दूरी अपनाउनु नै सर्वश्रेष्ठ उपायको रुपमा बैज्ञानिकहरुले सिफारिस गरेका छन् । एक मिटरको दूरीमा रहेका कुनै पनि संक्रमित व्यक्तिले खोक्दा र हाच्छुँयु गर्दा पनि मास्कै पिच्छे सुरक्षाको परिमाण फरक हुने गरेका छन् ।

मास्क नलगाउनेका तुलनामा सर्जिकल मास्क लगाउनेले २० देखि ३० प्रतिशत सम्म भाइरल लोड ग्रहण गर्न सक्ने देखिन्छ । तर यदि एन-९५ मास्क लगाउने हो भने यो खतराको संभावना ५ प्रतिशतमा झर्दो रहेछ ।

मास्कले शरिरमा अक्सिजनको मात्रा कम लिने र कार्वनडाइ अकसाइड रोक्ने भन्ने भनाइ सही होइन । अक्सिजन ० दशमलव १२० एनएम ग्रहण गर्ने र कार्वनडाइअक्साइड ० दशमलव २३२ एनएम छोड्ने गर्दछ । एन-९५ मास्कका प्वाल करिव १०० देखि ३०० एनएम आकारका हुन्छन् ।

यसको अर्थ एउटा प्वाल नै १ हजार ५ सय वटा भन्दा बढी अक्सिजनका अणु प्रवेश गर्न र ८ सय ५० अणु भन्दा बढी कार्वन डाइअक्साइड बाहिर जान काफी छ । कोरोना भाइरसका अणु करिव ० दशमलव १२० एनएमको हुन्छ । अक्सिजनको तुलनामा यो १ हजार गुणा ठूलो हुन्छ । १ हजारदेखि १० हजार एनएम आकारका मास्कहरु भाइरसयुक्त वाष्प कण छेक्न प्रभावकारी हुन्छन् ।

ग्यालेन रपले सन् २०११ मा युएसए ट्रयाक एन्ड फिल्ड च्याम्पियनसिपमा १० हजार मिट दौड एलर्जीको कारण मास्क लगाएर जितेका थिए । एनले सो दूरी २८ मिनेट ३८ दशमलव १७ सेकेण्डमा पूरा गरेका थिए ।

तर सामाजिक तथा शारिरीक दूरी कायम गर्ने हो भने मास्क लगाउनु जरुरी छैन । हाच्छँयु गर्दा भाइरसयुक्त वाष्प कण तेर्सो ६ मिटर पर सम्म पुग्न सक्छ ।

अन्य केही अध्ययनले यो दूरी सिमा ७ देखि ८ मिटर सम्म पनि रहेको छ । भाइरसको लक्षण विकास नभइसकेका व्यक्तिहरुबाट सर्ने संक्रमणलाई मात्र मास्क्ले रोक्न मद्धत पु¥याउँछ । मानव शरिर जीवनकालभरि दशौ हजार एन्जिन्स नामक कणहरुको संसर्गमा आउँछ । मास्क्ले नयाँ एन्टिजेन्सलाई सही ढंगले चिन्न थाल्छ ।

मास्क्ले शतप्रतिशत एन्टिजेन्सलाई फिल्टर गरे पनि मानिसको प्रतिरोधात्मक क्षमतामा कमी आउँदैन । किनभने खाद्य र पेय पदार्थ मार्फत व्याक्टेरिया र भाइरस शरिरभित्र प्रवेश गरिरहेकै हुन्छ । एजेन्सी

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here