जनता समाजवादी पार्टी, नेपालका शिर्षस्थ नेताहरुले सम्बोधन गर्ने गरी “नेपालको संविधानबारे जनता समाजवादी पार्टी नेपालको धारणा” विषयक भर्चुअल कार्यक्रम गरिदै छ ।

उक्त कार्यक्रम भाेलि असोज ३ गते संघीय कानुन व्यवसायी एशोसिएसन केन्द्रीय समितिको आयोजनामा हुनेछ ।

कार्यक्रमलाई पार्टीका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव तथा उक्त पार्टीका वरिष्ठ नेताहरु अशोककुमार राई, डा. बाबुराम भट्टराई राजेन्द्र महतोले सम्बोधन गर्ने साविक समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा नेपाल बौद्धिक पेसाकर्मी महासंघका सहइन्चार्ज पूर्णबहादुर बस्नेतले जानकारी दिए ।

साविक समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी, नेपालको एकिकरण भइ जनता समाजवादी पार्टी बनेपछिको पहिलो संविधान दिवशका अवसरमा गर्न लागिएको उक्त कार्यक्रमलाई महत्वका साथ हेरिएको छ ।

संविधानका विषयमा उक्त दलले असहमति जनाउँदै आएको छ र संविधान संशोधन हुनुपर्ने माग राख्दै आएको छ ।

कार्यक्रम गुगल मिट जुम मार्फत गरिनेछ भने उक्त कार्यक्रममा सहभागीका रुपमा संचारकर्मीहरुलाई आमन्त्रण गरिने बस्नेतले बताए ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here