नेपालमा पछिल्लाे २४ घण्टामा १ हजार ५३९ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ । याेसँगै देशभर काेराेना संक्रमितकाे संख्या ५८ हजार ३२७ पुगेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयाेगशालामा १० हजार ४९४ जनाकाे पिसीआर परीक्षण गरिएकोमा १ हजार ५३९ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे ।

याे एकैदिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित संख्या हो ।

पछिल्लो २४ घण्टामा १ हजार ६८ जना काेराेनामुक्त भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घन्टामा ८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । यससँगै कोरोनाबाट निधन हुनेको सङ्ख्या ३७९ पुगेको छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here