कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको व्यक्तिको अंगहरु झिकेर बेचबिखन भइरहेको छ भन्दै अफवाह फैलाएको आरोपमा पक्राउ परेका सुवास सुब्बा लिम्बू मंगलबार रिहा भएका छन् ।

तेह्रथुम स्थायी घर भई ललितपुरको ललितपुर उपमहानगर–१४ नक्खिपोटमा बस्ने सुब्बालाई प्रहरीले गत भदौ २२ गते पक्राउ गरेको थियो ।

सुब्बा रिहा भएपछि उनका समर्थकहरुले मंगलबार चक्रपथ क्षेत्रमा मोटरसाइकल र्याली गर्दै नक्खिपोटसम्म पुर्याएका थिए ।
क्रिश्चियन धर्मका पास्टर समेत रहेका सुब्बालाई उनका धार्मिक कार्यकर्ताहरुले साथ दिएका थिए ।

रोचक पक्ष के छ भने उक्त र्यालीमा मंगोल नेशनल अर्गनाइजेशन डा. गोपाल गुरुङ समूहका नेता कार्यकर्ताहरु समेत झण्डा लिएरै सामेल भएका थिए ।

नेपालबाट बाहुन–क्षेत्रीहरुलाई भगाउने जस्ता उग्रवादी मुद्दा उठाउने मंगोलन नेशनल अर्गनाइजेशनमाथि नेपालमा क्रिश्चियानिटी फैलाउने संगठनको आरोप पनि लाग्दै आएको छ ।

र्याली मा मंगाेलन नेशनल अर्गनाइजेशनका कार्यकर्ता

सुब्बा पक्राउ परेपछि बढीजसो मंगोलन नेशनल अर्गनाइजेशनकै कार्यकर्ताहरुले सामाजिक सञ्जालमार्पmत हिराइको आवाज उठाएका थिए ।

कोरोनाको भ्याक्सिन बनाएको छु

आफ्ना समर्थकहरुले र्याली गर्दै निवाससम्म ल्याइदिएपछि सुब्बाले आफूले कोरोना भाइरसविरुद्धको भ्याक्सिन आविष्कार गरेको बताए ।

उनले गत अगस्ट दोस्रो साता पनि पत्रकार सम्मेलन गरी डेढ महिना लगाएर कोरोना विरुद्धको भ्याक्सिन आविष्कार गरेको दाबी गरेका थिए ।

मंगलबार उनले ११६ बिलियन डलरको मालिक रहेका विश्वकै धनी व्यक्ति बिल गेटस्लाई समेत चुनौती दिए ।

‘म बिल गेटस्लाई डाइरेक्ट चुनौती दिन चाहन्छु, किनभने मैले भ्याक्सिन इन्भेन्सन गरेको छु,’ सुब्बाले भने, ‘यदि कोरोना नियन्त्रण गर्ने हो भने उनी मसँग मिल्यो भने नियन्त्रण गर्न सकिन्छ ।’

कोरोनाविरुद्धको भ्याक्सिन सहित पक्रकार सम्मेलनमा बोल्दै सुब्बा

सरकारले इजाजत दिए आफूले सबभन्दा पहिला नेपालका जनतालाई भ्याक्सिन लगाइदिने उनको भनाइ छ ।

उनी नक्खिपोटमै अन्तिम विकल्प नामक संस्था स्थापना गरेर बसेका छन् । जहाँ उनले डाक्टरहरुले उपचार गर्न नसकेर माया मारेको विरामी निको पारिदिने बताउँदै आएका छन् ।

सुब्बाका समर्थकहरुले उनलाई डाक्टर भनी सम्बोधन गर्छन् । विरामीको हात छोएरै रोग पत्ता लगाउने सुब्बाको दाबी छ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here