यतिबेला नेपालको प्रधानमन्त्रीको कुर्सीमा डा. बाबुराम भट्टराई बसिरहेका थिए भने नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा निसन्देह कुलमान घिसिङलाई पुनःनियुक्ती गरिन्थ्यो ।

कुलमान घिसिङको बिदाइबारे जनता समाजवादी पार्टीका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले यही सन्देश दिएका छन् ।

उनले मंगलबार राति ट्वीट गर्दै तीनवटा बुँदा उल्लेख गरेका छन् ।

ट्वीटर र फेसबुकमा छाइरहने नेता भट्टराईले तेस्रो बुँदामा वर्तमान राज्य र सरकारमा एकल जातीय बर्चश्व रहेको र त्यस्तो राज्यले उत्पीडित जातिमा जन्मेका कुलमान घिसिङलाई नपचाएको उल्लेख गरेका छन् ।

दैनिक १८ घण्टासम्म लोडसेडिङ हुने नेपाललाई लोडसेडिङमुक्त बनाएर आम जनताको मन जितेका घिसिङ सोमबारदेखि प्राधिकरणबाट बिदा भएका छन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here