सरकारले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको छ ।

खतिवडालाई मन्त्री सरह सेवा सुविधा दिने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले आप्mनो विशेष आर्थिक सल्लाहकारमा नियुुक्त गरेका हुन् ।

राष्ट्रियसभा सदस्यमा मनोनित भएर अर्थमन्त्री बनेका खतिवडाले राष्ट्रियसभा सदस्यको कार्यकाल सकिएपछि गत भदौ १९ गते राजीनामा दिएका थिए ।

प्रधानमन्त्री ओलीले खतिवडालाई दोस्रो पटक राष्ट्रियसभा सदस्य मनोनित गरी उनलाई नै अर्थमन्त्रीमा निरन्तरता दिने प्रयास गरे पनि पार्टीभित्र उठेको दबाब थाम्न नसकेपछि हालै मन्त्री सरह नै सुविधा दिने गरी विशेष आर्थिक सल्लाकार बनाएका हुन् ।

सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार हिजो बसेको मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्री ओलीले खतिवडालाई विशेष आर्थिक सल्लाहकार बनाउने निर्णय गराएका हुन् ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here