असोज १ गतेदेखि हवाई उडान, लामो दुरीका बस र होटल तथा रेस्टुरेन्टहरु खुला गरिने भएको छ ।

सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार भदौ २९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम असोज १ गतेबाट हवाई उडान, लामो दुरीको बस र होटलहरु खुला हुने छन् ।

लामो दुरीको बसका लागि यात्रुहरुले ५० प्रतिशत बढी भाडा तिर्नुपर्ने छ ।

बस व्यवसायीहरुले बस तथा माइक्रो बसभित्र यात्रु क्षमताको ५० प्रतिशत मात्र यात्रुहरु राख्न पाउने छन् ।

तर, कोरोना भाइरसबाट बच्नका लागि तोकिएको आवश्यक स्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने छ । हवाई उडानमा पनि यात्रु क्षमताको ५० प्रतिशत मात्र यात्रु राख्न पाइनेछ ।

प्रतिक्रिया लेख्नुहाेस्

Please enter your comment!
Please enter your name here